BIZMANDU
www.bizmandu.com

भिजन सेक्युरिटिजमा माछापुच्छ्रेको म्याचिङ कारोबार, हाइड्रोपावरमा सर्किटको प्रभाव सूचकमा

२०७६ साउन २८


काठमाडौं। पछिल्लो समय हाइड्रोपावरको शेयरले नेप्से सूचकमा प्रभावित पार्न थालेको छ। अधिकांश जलविद्युत क्षेत्रका कम्पनीको प्राथमिक शेयर निष्कासनसँगै दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि मूल्यमा गिरावट आउँदा यसको असर शेयर बजारमा देखिन थालेको हो।

Tata
GBIME
Nepal Life

दोस्रो बजारमा कारोबारका लागि नेप्सेले अधिकतम र न्युनतम मूल्यको रेन्ज तोक्ने गरेको छ। अधिकांश जलविद्युत कम्पनीको पहिलो कारोबार अधिकतम रेन्जबाट सुरु भएको पाइन्छ।

अधिकतम रेन्जबाट कारोबार सुरु हुँदा हरेक दिन दोस्रो बजारमा सर्किट लाग्ने गर्छ। यसले कम्पनीको मूल्यसँगै नेप्सेको समग्र सूचकमै असर पार्ने गरेको हो।

पछिल्लो समय सूचीकृत भएका रसुवागढी र सान्जेनकोको शेयर सुरुवाती अवस्थामा घट्दो क्रममा सर्किट लाग्यो। समग्रमा जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिँदैन।

अधिकांश कम्पनीको शेयर आधार मूल्यभन्दा पनि तल कारोबार भैरहेको छ। यसको प्रभाव राम्रा कम्पनीको पनि प्राथमिक शेयर सूचीकृत भएसँगै भारी गिरावट देखिन थालेको हो।

मंगलबार शेयर बजार २.७८ अंकले गिरावट भएको छ। सूचकमा गिरावट आए पनि कारोबार रकम भने ४८ करोड १६ लाख रुपैयाँको भएको छ। माछपुच्छ्रे बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको कारोबार भएको छ।

माछापुच्छ्र बैंकको अधिकांश कारोबार ३४ नम्बर ब्रोकर मार्फत भएको छ। ब्रोकरले दिएको जानकारी अनुसार नियमित कारोबार गर्नेहरुको बीचमा नै म्याचिङ गरेर कारोबार भएको हो।

बैंकको एक पटकमा ५० हजार कित्तासम्मको कारोबार भएको छ। उक्त कित्ता ३४ नम्बर ब्रोकरमै म्याचिङ भएको हो। आज म्युचुअल फण्डको सूचक बाहेक सम्पुर्ण सूचक तथा उसूचक ओरालो झरेका छन्। सबैभन्दा धेरै युनाइटेड मोदीको बजार मूल्य ८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले अझै विग मर्जर ल्याउने आशंकाले शेयर बजारमा प्रभावित पारिरहेको छ। त्यस्तै नेपाल धितोपत्र बोर्ड र मन्त्रालयले पुँजीगत लाभकरको विषयलाई अन्तिम टुङ्गोमा पुर्याउने भन्दै गर्दा यसको विषय टुङ्गिन सकेको छैन।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिन्छ।

कम्पनीको अवस्था राम्रो भए पनि दोस्रो बजारमा भने खासै प्रभाव पार्न सकेको छैन। भदौ लागेसँगै केहि बैंकहरुले लाभांशको घोषणा गर्न थाल्ने छन्। यसले केही हदसम्म शेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने लगानीकर्ताको आँकलन छ।