BIZMANDU
www.bizmandu.com

पशुपति पुगेका श्रद्धालुहरुलाई बृज सिमेन्टको सहयोग, स्वास्थ्य शिविरका साथै फलफुल बाँड्यो

२०७६ साउन २८

Tata
GBIME

काठमाडौं। बृज सिमेन्टले साउनको अन्तिम सोमबार पशुपतिनाथ पुगेका भक्तजनहरुलाई स्वास्थ्य शिविर संचालन गरेको छ।

कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म बिभिन्न ८ स्थानमा निशुल्क खानेपानी बितरण, स्वास्थ्य शिविर संचालन तथा फलफूल र जुस बितरण गरेको बिज्ञप्तीमार्फत जनाएको छ।

लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पतल तथा ब्रिज सिमेन्टको आयोजनामा गरिएको स्वास्थ्य शिवरिमा १ सय ५० जना संवयंमस्वक खटिएका थिए।

पशुपतिमा संंचालन भएको स्वास्थ्य शिवरिमा आँखा, दाँत र सामान्य जाँच गरिएको थियो। स्वास्थ्य शिविरमा करिब २ हजार भक्तजनहरुले परीक्षण गरेको बताइएको छ।

बृज सिमेन्टले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सेवामूलक कामहरु गर्दै आएको जनाएको छ।