BIZMANDU
www.bizmandu.com

भारतमा अहिलेसम्मकै ठूलो एफडिआई आयो, साउदी आरामकोले रिलायन्स ओटुसीमा लगानी गर्ने

२०७६ साउन २७

 

Tata
GBIME
Nepal Life

भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो बैदेशिक लगानी भित्रिएको छ। भारतीय अर्बपति ब्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीमा साउदी आरामको कम्पनीले २० प्रतिशत शेयर  हिस्सा किन्न लागेको हो।

रिलायन्सको आयल टु केमिकल बिजनेसमा साउदी आरामकोले लगानी गर्ने डिल भैसकेको कम्पनीको ४२ औं वार्षिक साधारणसभामा अम्बानीले सार्वजनिक गरे। यसको इन्टरप्राइज भ्यालु ७५ अर्ब डलर रहेको छ।

आर्थिक वर्ष २०१९ मा मात्रै रिलायन्सलाई आयल टु केमिकल ओटुसी कारोबारबाट ५.७ लाख करोड भारतीय रुपैयाँ आम्दानी भएको थियो।

आयल टु बिजनेस डिभिजन अन्तर्गत कम्पनीको रिफाइनिङ तथा पेट्रो केमिकल बिजनेस पर्छ।

यो डिलपछि आरामकोले रिलयान्स कम्पनीको जामनगर रिफाइनरीमा दैनिक ५ लाख ब्यारल कच्चा तेल सप्लाई गर्नेछ। साउदी आरामको साउदी अरब को नेशनल पेट्रोलियम एण्ड ग्यास कम्पनी हो जुन आम्दानीको हिसाबले विश्वकै ठूला कम्पनीहरुमध्ये पर्छ।

रिलायन्सको जामनगरको रिफाइनरीको क्षमता हाल १.४ मिलियन ब्यारल प्रतिदिन रहेको छ। सन् २०३० सम्ममा यसको क्षमता बढाएर २ मिलियन ब्यारल प्रतिदिन गर्ने तयारी समेत कम्पनीले गरेको छ।