BIZMANDU
www.bizmandu.com

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, २४ इन्चको एलईडी टिभी साढे १८ हजारमै पाइने

२०७६ साउन २६


काठमाडौं। नेपालका लागि इम्प्लिफाई प्लस ब्राण्डको आधिकारिक विक्रेता  ई थ्री इलेक्ट्रोनिक्स प्रालीले नेपाली बजारमा इम्प्लिफाई प्लस एलईडी टेलिभिजनहरु भित्र्याएको छ।

Tata
GBIME
Nepal Life

भारतीय कम्पनी डिकेएम ग्रुप अन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स  प्रालीले चार बर्षदेखि अन्तराष्ट्रियस्तरका टेलिभिजनहरु उत्पादन गर्दै आएको छ। कम्पनीका टिभीहरु नेपालका लागि सुरुवाती मुल्य १८ हजार ५ सय ९९ देखि १ लाख १३ हजार ९ सय ९९ सय सम्म मुल्य राखिएको छ।

२४ इन्चको एचडी एलईडी टेलिभिजनको मुल्य १८  हजार ५ सय ९९ रुपैयाँ राखिएको छ। ३० इन्चको एचडी लिड टिभीको २५ हजार ५ सय ९९ सय राखिएको छ।

३२ इन्चको एचडी स्मार्ट लिडको ३१ हजार ५ सय ९९ सय रुपैयाँ राखिएको छ।यसमा एन्ड्रोईड ५.१ भर्सनको सिस्टम रहेको छ। जसलाई स्मार्ट टिभी भनिएको छ।जसमा १ जिवी र्याम र ८ जिवी रोम रहेको छ।

४० इन्चको एचडी एलईडी टिभीको ४४ हजार ९ सय ९९ सय मुल्य तोकिएको छ। ४० इन्चकै एन्ड्रोईड भर्सन ५.१.१ भएको टेलिभिजनको मुल्य ५० हजार ९ सय ९९ रुपैया पर्छ। यसमा २ जीवी र्याम र ८ जीवी रोम छ।

५० इन्चको एफएचडी एलईडी टिभीका लागि ७९ हजार ९ सय ९९ रुपैयाँ पर्छ। यसमा एन्ड्रोईड भर्सन ७.० रहेको छ। १ र्याम ८ जीवी रोम छ।  फोके एल्ट्रा एचडी टिभी ५५ इन्चमा कम्पनीले उपलब्ध गराएको छ। जसको मुल्य १ लख १३ हजार ९ सय ९९ सय रुपैयाँ तोकिएको छ।

यो टिभीमा एन्ड्रोईड भर्सन ७.० रहेको छ। युचएडी स्मार्ट एलडडी टिभी हो। यो टिभीमा पावर अडियो भोलुम,वायरलेस हडेफोन कन्ट्रोल वाईफाई लगायतका फिचरहरु छन्। कम्पनीका सबै टेलिभिजनको ३ बर्षको वारेण्टी राखिएको छ।

नेपाली उपभोक्तालाई अत्याधुनिक प्रविधिसहितका टेलिभिजन दिने कम्पनीले दाबी गरेको छ। सबै टेलिभिजनहरु कम्पनीले भारतस्थित प्लान्टबाट उत्पादन गर्छ। एम्प्लिफाई नयाँ जेनेरशेनको एलईडी  टिभी हो जसमा युट्युव, नेट फ्लिक्स हेर्न सकिनेछ।

एम्प्लिफाई इलेक्ट्रोनिक्सका डाइरेक्टर विप्लव एरोनले कम्पनीले सबै खालका वर्गका लागि लक्षित गरेर विश्वस्तरीय उत्पादनहरु  गरिरहेको जानकारी दिए । उनका अनुसार कम्पनीले विश्वबजारमा आफ्नो ब्राण्ड बनाउन चाहेको छ। नेपाली बजारमा पहिलो प्रोडक्टको रुपमा ल्याएको हो। बिस्तारै अन्य उत्पादनहरु समेत ल्याउने उनले जानकारी दिए।

ई थ्री इलक्ट्रोनिक्सका सिईओ संजय श्रेष्ठले नेपाली बजारमा टेलिभिजनको नाममा सङख्या थपिन मात्रै नभई क्वालिटी दिएर ब्राण्ड बनाउन चाहेको बताए। उच्च प्रविधि र क्वालिटी प्रयोग गरिएकाले आफुहरुले नेपाली बजारमा भित्र्याएको बताएका छन् ।

नेपाली बजारमा टेलिभिजनको बार्षिक ३ सय करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। हरेक वर्ष यो २० प्रतिशतले बढ्दै गएको छ।