BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमईको कार्डबाट अनलाइन सपिङमा सेवा शुल्क नलाग्ने, कार्डबाटै अनलाइन भूक्तानी

२०७६ साउन २१

ग्लोबल आइएमईको कार्डबाट अनलाइन सपिङमा सेवा शुल्क नलाग्ने, कार्डबाटै अनलाइन भूक्तानी
ग्लोबल आइएमईको कार्डबाट अनलाइन सपिङमा सेवा शुल्क नलाग्ने, कार्डबाटै अनलाइन भूक्तानी

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवाशुल्क मिनाहा गरेको छ।

ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्कनलाग्ने बैंकले जनाएको छ। बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।

यसैगरी बैंकको अन्तर्राष्ट्रिय क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ।बैंकले एक महिनाभित्र डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकि सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदानगर्दै आइरहेको छ।