BIZMANDU
www.bizmandu.com

नेपाली सेनाले माग्यो ५९३८ सेना, १८ वर्षदेखि २२ वर्ष उमेर समूहले आवेदन दिन सक्ने

२०७६ साउन १९

नेपाली सेनाले माग्यो ५९३८ सेना, १८ वर्षदेखि २२ वर्ष उमेर समूहले आवेदन दिन सक्ने
नेपाली सेनाले माग्यो ५९३८ सेना, १८ वर्षदेखि २२ वर्ष उमेर समूहले आवेदन दिन सक्ने

Tata
GBIME

काठमाडौं। नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ सेनाको लागि विज्ञापन खुला गरेको छ। सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको हो।

सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, गाईघाट, ओखलढुंगा, झापा, तिप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट, सिन्धुली, लिलितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाची, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दीपायल, बैतडी, बझाङ, दार्चुला, कैलाली र कन्चनपुरका भर्ना केन्द्रबाट दरखास्त लिने छ।

नेपाली नागरिकले साउन १९ गतेदेखि भदौ १६ गतेसम्मा नजिकका केन्द्रमा गएर आवेदन दिन सक्ने छन्।सैन्य पदको लागि कक्षा ८ उत्तीर्ण गरेकाले पनि आवदेन दिन सक्ने छन्। सैन्य मेडिकल पदका लागि मेडिकल सम्बन्धि अध्ययन गरेको हुनु पर्नेछ। सेनाका अनुसार सिएमए, अनमी जस्तो कोर्स गरेको हुनु पर्नेछ।

सैन्य मेडिकल, सिग्नल, ड्राइभरको लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ। त्यस्तै सबै ट्रेडका फलोवर्सको हकमा १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनु पर्नेछ।