अमेरिकी कम्पनी वालमार्टका सिइओ कार्ल डगलस म्याकमिलन विश्वका प्रभावशाली सिइओका सूचीमा पहिलो नम्बरमा छन्।
कार्ल डगलस वालमार्टको पाँचौ सिइओका रुपमा सन् २०१४ मा सिइओको कुर्सी सम्हालेका थिए। उनले कमान सम्हाल्दा कम्पनीको बृद्धि सुस्त थियो भने प्रतिस्पर्धी कम्पनीहरुबाट पनि निकै चुनौतीको सामना गरिरहेको थियो।
त्यसबेलै कस्को, एमेजन डट कम, क्रोगर, सेफवे जसता धेरै नै चेन स्टोरहरु र अनलाइन सपिङ तथा डिजिटल प्लेटफर्महरु आक्रमक रुपमा अघि बढिरहेका थिए।
सिइओका रुपमा आएपछि उनले पहिलो दुई वर्षमै कम्पनीलाई इक कमर्सका क्षेत्रमा स्थापित गराउँदै अघि बढे। उनले बिभिन्न डिजिटल प्रयोगबाट गुणस्तरीय कस्टमर सर्भिस दिनुका साथै कर्मचारीहरुको मनोबल समेत उच्च राखेकोमा उनलाई सबैभन्दा प्रभावशाली सिइओको पहिलो स्थान दिइएको हो। उनले वालमार्टमा ल्याएको सकारात्मक परिवर्तनका कारण उनी सूचीको पहिलो नम्बरमा छन्।
यसैगरी रोयल डच शेलका ग्लोबल सिइओ बेन वान ब्यून्डर दोस्रो तथा आर्सेलर मित्तलका लक्ष्मी मित्तल तेस्रो भएका छन्।
सिइओ वर्ल्ड म्यागेजिनले सन् २०१९ का लागि विश्वका सबैभन्दा प्रभावशाली प्रमुख कार्यकारी अधिकारीहरुको सूची सार्वजनिक गरेको हो।
यसमा साउदी अरामकोका सिइओ अमीन एच नासिर सूचीको चौथो नम्बरमा छन्।
सन् २०१९ को बैश्विक सिइओको सूचीमा बि पी का सिइओ बब डुडले पाँचौ, एक्सोन मोबिलका सीइओ डेरन उड्स छैठौं, फक्स वागेनका सिइओ हरबर्ट डिएस सातौ तथा टोयोटाका सिइओ एकियो टोयोदा आठौं स्थानमा छन्।
एप्पलका सिइओ टिम कुक सूचीको नवौं स्थानमा छन् भने वर्क शायर हाथवेका सिइओ वारेन बफेट १० औं नम्बरमा रहेका छन्।