BIZMANDU
www.bizmandu.com

दोस्रो बजार नसुध्रेपनि सिद्धार्थ इक्विटी फण्डका इकाइधनीले पाउने भए लाभांश, ११% नगद दिने

२०७६ साउन ७


काठमाडौँ। विगत दुई वर्षदेखि दोस्रो बजार घट्दो अवस्थामा रहेपनि सिद्धार्थ इक्विटी फण्डका इकाइधनीले औसत लाभांश पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

सिद्धार्थ म्युचुअल फण्डले सञ्चालन गरेको 'सिद्धार्थ इक्विटी फण्ड'का इकाइधनीलाई ११ प्रतिशत नगद लाभांश दिने संचालक समिति बैठकले निर्णय गरेको छ।

बैठकले आर्थिक वर्ष २०७५/७६कालागि कर सहित १६ करोड ५० लाख रुपैयाँ रकम छुट्याएको जनाएको छ। सोही रकमबाट इकाइधीले घोषित लाभांश पाउने छन्।

दुई वर्ष अघिदेखि सञ्चालित सामूहिक योजनाले पहिलो पल्ट लाभांश दिने भएको हो।दोस्रो बजारको अवस्था सन्तोषजनक नभएपनी योजनाले कम्तीमा बैंक व्याजको अनुपातमा लाभांश दिने निर्णय गरेको छ। सामुहिक योजनाले धेरैजसो संकलित रकम दोस्रो बजारमा लगानी गर्ने गरेका छन्।

१० वर्ष अवधिको उक्त योजना विक्रम संवत् २०८४ साल कार्तिक २३ गते परिपक्व हुने छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा १५ करोड इकाइ सूचीकृत छन्।

हाल यसको बजार मूल्य ९ रुपैयाँ ८० पैसा रहेको छ भने १८० दिनको औसत मूल्य ९ रुपैयाँ ३९ पैसा रहेको छ।