BIZMANDU
www.bizmandu.com

नेपाल हेर्ने मुद्रा कोषका प्रतिनिधि एन्ड्रिएस बौर बिदा भए, तीन देश हेर्न नयाँ प्रतिनिधिमा लुइस 

२०७६ साउन ५

नेपाल हेर्ने मुद्रा कोषका प्रतिनिधि एन्ड्रिएस बौर बिदा भए, तीन देश हेर्न नयाँ प्रतिनिधिमा लुइस 
नेपाल हेर्ने मुद्रा कोषका प्रतिनिधि एन्ड्रिएस बौर बिदा भए, तीन देश हेर्न नयाँ प्रतिनिधिमा लुइस 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालसहित तीन देश हेर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का वरिष्ठ आवाशीय प्रतिनिधि  एन्ड्रिएस बौर कार्यकाल सकेर फिर्ता भएका छन्। उनको ठाउँमा नेपाल, भारत र भुटान हेर्ने गरी लुइस इ व्रेउर नियुक्त भएका छन्।

नवनियुक्त आवासीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकका गभर्नरसँग शिष्टाचार भेट गरेका छन्। ब्रेउरको स्वासगत गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले देशको वर्तमान आर्थिक स्थितिका बारेमा जानकारी गराएका थिए।

गभर्नरले शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह तथा नेपालले विगत तीन बर्षमा हासिल गरेको आर्थिक बृद्धिका बारेमा बताएका थिए। अहिले नेपालको शोधनान्तर घाटा १ खर्ब नजिक पुगेको छ भने विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ। 

गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सुदृढीकरणका बारेमा राष्ट्र बेंकले लिएको नीतिगत ब्यवस्थाहरुका बारेमा अवगत गराएका छन्।