BIZMANDU
www.bizmandu.com

बजार सुधार हुने बेलामा पूँजीगत लाभकरको विवादले दुई दिनदेखि शेयर बजार रातो 

२०७६ साउन ५

बजार सुधार हुने बेलामा पूँजीगत लाभकरको विवादले दुई दिनदेखि शेयर बजार रातो 
बजार सुधार हुने बेलामा पूँजीगत लाभकरको विवादले दुई दिनदेखि शेयर बजार रातो 

काठमाडौं। बजार सुधार हुने सिजनमा पूँजीगत लाभकरको विवादले दोस्रो बजार प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

साउन लागेसँगै कम्पनीहरुले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। चौथो त्रैमाशिक वित्तीय विवरणबाट लगानीकर्ताले कम्पनीले दिन सक्ने लाभाँसको आकलन गर्छन्। जसले गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने गरेको पाइन्छ। 

यस वर्ष पनि आर्थिक वर्ष सुरु हुँदै गर्दा दोस्रो बजार दोहोरो अंकले सुधार हुने क्रममा थियो। तर पूँजीगत लाभकरको गणना गर्दा लगानीकर्ताले खरिद मूल्यको स्वघोषणा गर्नु पर्ने नत्र आधार मूल्यमै लाभकर गणना हुने ब्रोकरको सूचना सँगै दोस्रो बजार प्रभावित भएको हो। 

यहि पूँजीगत लाभकरको विवादलाई लिएर लगानीकर्ताहरु सरोकारवाला निकायहरुमा धाउन थालेका छन्। सरकारले यसको विवाद केहि दिनमै टुङ्ग्याउने बताए पनि बजार भने प्रभावित भईरहेको छ। आइतबार शेयर बजार ३.७५ अंकले घटेर १२६८.७४ अंकमा रोकिएको छ। गत विहीबार पनि यहि विवादले शेयर बजार प्रभावित भएको थियो। 

सूचक घटेसँगै कारोबार रकम २९ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। बजार घटेपनि केहि दिनमा बजार सुधार हुने अपेक्षाले लगानीकर्ताले घटेर शेयर बेच्न सकेका छैनन्। जसले गर्दा कारोबार रकम खुम्चिएको हो।

आज सबैभन्दा धेरै सिभिल बैंकको दुई करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। बैंकको शेयर मूल्य तीन रुपैयाँले बढेर १६३ रुपैयाँ पुगेको छ। कम्पनीका अध्यक्ष इच्छाराज तामाङले आफु भन्दा राम्रो बैंकसँग गाभिने विषयमा छलफल भएको सार्वजनिक रुपमै बताउदै गर्दा पछिल्लो दिन कारोबार रकम र मूल्य पनि बढिरहेको छ।

 
आइतबार फाइनान्स र अन्य तर्फको सूचक बाहेक सुधार हुन सकेनन्। सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तका शेयरधनीले कमाएका छन् भने युनियन हाइड्रोपावरको सबैभन्दा धेरै घट्ने क्रममा सर्किट लागेको छ। सरोकारवाला निकायले विवाद टुङ्ग्याउने प्रयास गरे पनि बजार भने सुधार हुन सकेको छैन।