BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको ल्याण्ड लाइनलाई २२ सयको सट्टा १६ सय ३५ तिरे पुग्ने, पोष्टपेड पनि सस्तियो

२०७६ साउन २

काठमाडौं। नेपाल टेलिकमले ल्याण्ड लाइन र पोष्टपेड सेवामा भारी  छुट लागू गरेको छ।

Tata
GBIME

सरकारले लागू गरेको आर्थिक विधेयक २०७६को दफा १४ (१)मा व्यवस्था भए अनुसार कम्पनीले टेलिकमको ल्याण्डलाइन र पोष्टपेड सेवामा लिँदै आएको स्वामित्व शूल्क घटाइएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

'सरकारको निति अनुसार साउन एक गतेदेखि लागू हुने गरी कम्पनीले ग्राहकलाई टेलिकमको दुईवटै सेवामा लाग्ने स्वामित्व शूल्क घटाएको छ। यसो हुँदा ग्राहकलाई सेवा लिन सहज हुनका साथै कम्पनीको सेवाग्राही संख्या थप बढ्ने हामीले आशा लिएका छौँ।' वैद्यले बिजमाण्डूसँग भनिन्।

यसअघि ग्राहकले ल्याण्डलाइन टेलिफोन प्रयोगका लागि बुझाउँदै आएको २२ सय रुपैयाँ शूल्कमा छ सय ३५ रुपयाँ घटेर १६ सय ३५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी पोष्टपेड प्रयोगका लागि बुझाउँदै आएको १५ सय १० रुपैयाँ शूल्कमा पाँच सय ६५ रुपैयाँ घटेर नौ सय ४५ रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।

सरकारले तयार पारेको विधेयक अनुसार टेलिफोन नामसारी शूल्क पाँच सय ६५ रुपैयाँले घटेको कम्पनीले उल्लेख गरेको छ। साउन एक गतेदेखि लागू हुने गरी टेलिफोन नामसारी शूल्क छ सय ७८ रुपैयाँ कायम गरिएको छ।

कम्पनीका अनुसार यस अघि टेलिफोन नामसारी शूल्क १२  सय ४३ रुपैयाँ  निर्धारण गरिएको थियो।