BIZMANDU
www.bizmandu.com

विश्व सेफ संघका अध्यक्ष थोमशको नेपाल अनुभव: ‘प्रकृति मात्रै होइन नेपाल खानेकुरामा पनि धनी रहेछ’


विश्व सेफ संघका अध्यक्ष थोमशको नेपाल अनुभव: ‘प्रकृति मात्रै होइन नेपाल खानेकुरामा पनि धनी रहेछ’
विश्व सेफ संघका अध्यक्ष थोमशको नेपाल अनुभव: ‘प्रकृति मात्रै होइन नेपाल खानेकुरामा पनि धनी रहेछ’

Tata
GBIME
Nepal Life

काठमाडौं।विश्व सेफ संगठनका अध्यक्ष थोमस ए गुग्लरको ट्राभल लगमा नेपाल पर्यो। १ सय ८८ देश घुमिसकेका थोमसका लागि नेपाल १ सय ८९ देशमा पर्यो।त्यो पनि नेपालको खाना प्रवर्द्धनका लागि नेपाल भ्रमणको निम्तो पाए।

नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि थोमसलाई निम्ता दिएको थियो।भ्रमणको १८९औं देशमा परेको नेपालबाट उनी मोहित भएका छन्। 'नेपाल आफैमा सुन्दर र प्रकृतिले धनी देश हो।नेपाल खानेकुरामा पनि धनी रहेको जानकारी मैले पनि यहाँ आएर पाए। पछिल्लो समय नेपाली रैथाने परिकारको माग अन्तर्राष्ट्रिय बजारमा पनि पुगिसकेको छ। परिकार तयार पार्दा दुई दिनको अवधिमा राम्रो अनुभव संगालेको छु।'

पर्यटन बोर्ड र इतेहाद एयरवेजको सहकार्यमा मंगलबार नक्सालको पाँच तारे होटल काठमाडौं मेरियटमा आयोजित खाना प्रवर्द्धन कार्यक्रममा थोमसले नेपाल भ्रमणको आफ्नो अनुभव मात्रै सुनाएनन् नेपाली परिकारको बखान समेत गरे।कार्यक्रममा नेपालको विभिन्न क्षेत्रमा उत्पादन भएका मसाला प्रयोग गरिएर तयार पारिएको परिकार, पातलेवन होमग्रोन वाइन राखिएको थियो।

खानाको परिकार पर्यटनको एउटा महत्वपुर्ण पाटो रहेको बताउँदै इतेहाद एयरलाइन्सका एरिया म्यानेजर डगी डौग्लसले भने,' खाना नै पर्यटनको एउटा मूख्य आधार हो। खानाको प्रकृतिले नै भ्रमणमा विभिन्न किसीमको स्वाद दिन्छ। नेपालको रैथाने परिकारसँगै आउँदै गरेको भ्रमण वर्ष २०२० सफल बनाउनका लागि हामी पूर्ण रुपमा सहयोग गर्नेछौँ। ' उनले भने।

भ्रमण वर्ष २०२०का लागि फूडमार्फत प्रवर्द्धन गर्न खोजिएको काठमाडौं मेरियटका एक्जिक्युटिभ सेफ सञ्जय रञ्जनले बताए।'स्थानीय उत्पादन दिगो रुपमा प्रयोग ल्याएर मेनु तयार पार्नु हाम्रो उद्धेश्य हो। पछिल्लो समयमा फ्युजन परिकारको माग बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै हामीले फ्युजन परिकारको सेवा दिन लागेका हौँ।' रञ्जनले बिजमाण्डूसँग भने। 

ताइचिन चामलको सुसी, मकैको तमालिया, लोकल तरकारीको सलाद लगायत परिकार समेटिएको उनले बताए। रञ्जनले आठ महिनाको अध्ययनपछि फ्युजन परिकारका लागि आवश्यक इन्ग्रिडियन्ट्स तयार पारेको बताए। परिकारमा प्रयोग हुने प्राय सबै उत्पादन अध्ययन गरिसकेको उनले बताए।

नेपाली रैथाने फ्युजन परिकारले नेपालको पहिचान र भ्रमण वर्ष २०२० सफल पार्नका लागि महत्वपुर्ण भूमिका खेल्ने बोर्डका प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले बताए।'परिकारले मुलुकको धार्मिक र सांस्कृतिक परिचय सहितको पहिचान बोकेको हुन्छ। पर्यटकले भ्रमण गर्दा प्राथमिकतामा राख्ने भनेकै खाना हो।'उनले भने।

कार्यक्रममा सोविज, सुसी लेन्टील डम्प्लिङ, नोरी आस्पारागस एण्ड  हिमालयन ल्याम्ब, चिकेन रौलेड विथ फेन्नल बटर लगायत परिकार राखिएको थियो।