BIZMANDU
www.bizmandu.com

साउन मसान्तसम्म बैंकको ऋण तिर्न सकिने, प्राथमिकता प्राप्त ऋणमा बैंकले पाए थप ६ महिना

२०७६ असार ३०


काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्यवसायीलाई ब्याज भुक्तानीका लागि समय थपिदिएको छ। 

Tata
GBIME
Nepal Life

विगतमा १५ दिन मात्र अतिरिक्त समय पाइरहेका ब्यवसायीले थप १५ दिन गरी एक महिनाको समय पाएका छन्।

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न बिलम्ब गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई ६ महिना थपिएको छ। प्राथमिकता प्राप्त क्षेत्रमा कुल ऋणको २५ प्रतिशत गत पुस मसान्तसम्म लगानी गर्नु पर्ने ब्यवस्था थियो। 

यसरी तोकिएको सीमासम्म ऋण नपुर्याउने बैंकहरु कारवाहीमा पर्ने अवस्था थियो। राष्ट्र बैंकले असार मसान्तसम्म लगानी पुर्याए हुने ब्यवस्था गरिदिएको हो।

उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघले ऋणको साँवा र ब्याज भुक्तानी गर्ने समय थप १५ दिन दिएकोमा राष्ट्र बैंकको कदमको स्वागत गरेको छ। सोमबार दिउँसो आएको निर्देशनको परिसंघले साँझ बिज्ञप्ति जारी गरेर स्वागत गरेको हो।