BIZMANDU
www.bizmandu.com

प्रणालीमा तरलता बढ्यो: अन्तर बैंक सापटी दर २ प्रतिशतमा, तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

२०७६ असार ३०


काठमाडौं। प्रणालीमा तरलता बढ्न थालेपछि बैंकहरुबीच हुने अन्तर बैंक सापटीको ब्याज दरमा गिरावट आएको छ। १५ दिनयता अन्तर बैंक सापटी दर निरन्तर घट्न थालेको हो।

Tata
GBIME
Nepal Life

पाँच प्रतिशत हाराहारी रहेको अन्तर बैंक सापटी दर २ प्रतिशतमा झरिसकेको हो। अन्तर बैंक सापटी ३ प्रतिशतभन्दा तल झर्न नदिन राष्ट्र बैंकले ब्याज दर करिडोर कार्यान्वयन गरेपनि त्यसको प्रभाव देखिएको छैन।

पछिल्लो समय सरकारले विकास खर्च बढाएपछि बैंकिङ प्रणालीमा तरलता बृद्धि भएको छ। पछिल्लो तीन सातामा मात्रै निक्षेप ३४ अर्बले बढेको छ।

तरलतामा आएको सुधारसँगै अन्तर बैंक सापटी दर घटेको हो। बैंकरहरुले बढि भएको तरलता प्रशोचनका लागि राष्ट्र बैंकले मौद्रिक औजारहरुको प्रयोग बढाउन सुझाब दिएका छन्।