BIZMANDU
www.bizmandu.com

ग्यास दुर्घटना न्यूनीकरण गर्न उद्योगी पनि अग्रसर, सचेतनाका लागि स्थानीय निकायले सहकार्य गर्ने

२०७६ असार २८

ग्यास दुर्घटना न्यूनीकरण गर्न उद्योगी पनि अग्रसर, सचेतनाका लागि स्थानीय निकायले सहकार्य गर्ने
ग्यास दुर्घटना न्यूनीकरण गर्न उद्योगी पनि अग्रसर, सचेतनाका लागि स्थानीय निकायले सहकार्य गर्ने

 

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन्।

केही वर्ष अघिसम्म आयल निगमलेनै ग्यास सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान राख्ने उद्योगीहरु आफै सचेतना अग्रसर हुन थालेका हुन्।यही क्रममा ‌ओम ग्यासले शनिबार टोखा नगरपालिकामा सचेतना कार्यक्रम गर्यो। कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताए।

'हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ। रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।' उनले भने। अधिकारीका अनुसार ग्यास सुरक्षित प्रयोगका लागि नगरपालिकाभित्र सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत जनाए।'ग्यासको सुरक्षित प्रयोगको जानकारी गराउन बजेट पनि विनियोजन गर्नेछौं।' उनले भने,'हाम्रो क्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षित बनाउने प्रयास सधै रहन्छ।'

कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले आफू नेतृत्वमा आउँदा गरेको प्रतिवद्धता अनुसार बिक्रेताको कमिशन बढेको बताउँदै अब डिलर प्रमाणिकरणलाई प्राथमिकतामा राखेको बताए। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्यासको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको बताए।

कार्यक्रममा ‌ओम ग्यासका अध्यक्ष हरि पाठकले आफू ग्यास क्षेत्रको सुधारका लागि सधै प्रतिवद्ध रहेको बताउँदै त्यही प्रतिवद्धता अनुसार सचेतना कार्यक्रम गरेको बताए।'म ग्यास उद्योग संघको अध्यक्ष हुँदा सुधारको कार्यक्रम अघि बढाएको थिए। अहिले नेतृत्वमा नभएपनि सुधारलाई निरन्तरता दिइरहेको छु,' पाठकले भने,'हामी उद्योगी मात्रै होइनौ उपभोक्ता पनि हौं।हामीले पनि यही ग्यास प्रयोग गर्छौ। त्यसैले ग्यास उद्योगको पूर्वाधारदेखि ढुवानीसम्ममा सुरक्षालाई ध्यान दिइरहेका छौं।'