BIZMANDU
www.bizmandu.com

सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच सहुलियत दिने सम्झौता, बैंकका उपभोक्तालाई उपचारमा छुट

२०७६ असार २७

Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच उपचार सेवा सम्बन्धी सम्झौता भएको छ।

ग्राण्डी र सिभिल बैंकबीच भएको सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ग्रान्डी हस्पिटलमा  उपचार गराउँदा छुट पाउने बताइएको छ।

सम्झौतापत्रमा सिभिल बैंकका मार्केटिङ कन्ट्री हेड शीलु अर्याल र ग्राण्डी हस्पिटलका मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे।

सम्झौतापत्रमा उल्लेख भए अनुसार बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलका बिभिन्न सेवा लिँदा छुट दिने व्यवस्था भएको बैंकले जनाएको छ।