BIZMANDU
www.bizmandu.com

गुराँस लाइफको संस्थापक हकप्रद शेयर बिकेन, ९० हजार ५७१ कित्ताको लागि पुनः बोलकबोल

२०७६ असार २७


काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा संस्थापक शेयर बोलकबोल गर्न बिक्री नभए पछि पुनः बोलकबोल लिलामको लागि आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले साउन तीन गतेदेखि बिक्री नभएको  ९० हजार ५७१ कित्ता संस्थापक हकप्रद लिलाम गर्ने भएको हो।

कम्पनीले गत चैत २८ देखि जेठ २८ गतेसम्म चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो।

कम्पनीले २९ लाख ७० हजार कित्ता हपक्रद निष्कासन गर्दा २६ लाख ४७ हजार कित्तामात्रै बिक्री भएको थियो।

बाँकी तीन लाख २२ हजार कित्ता बोलकबोल लिलाम आह्वान गर्दा सर्वसाधारणतर्फको सबै कित्ताका लागि आवेदन परेपनि संस्थापकतर्फ सम्पूर्ण कित्ताको लागि आवेदन नपर्दा दोस्रो पटक बोलकबोल लिलाम आह्वान गर्नु परेको हो।

बोलकबोल आवेदन दिँदा न्युनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। बोलकबोल लिलामको आवदेन लक्ष्मी क्यापिटल नयाँ वानेश्वरबाट पाइने बताइएको छ।

कम्पनीको हकप्रद शेयर र बोनस शेयरपछि चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्नेछ। बीमा समितिको निर्देशन अनुसार कम्पनीलाई अझै एक अर्ब ६ करोड रुपैयाँ आवश्यक पर्छ।

कम्पनीले अझै गत आर्थिक वर्ष २०७४/७५ को साधारणसभा गर्न बाँकी छ। गत वर्षको नाफाबाट पनि बोनस शेयर दिन सक्ने देखिन्छ। तर बोनस शेयर दिएर पुँजी जुटाउन भने सक्ने छैन।

हाल निष्कासन भएको ५० प्रतिशत हकप्रद शेयरमा समेत संस्थापकले समयमा पुँजी जुटाउन नसक्दा दोहोर्याएर निवदेन दिनु परेको थियो। पुँजी जुटाउन नसक्ने कम्पनीहरुलाई लक्षित गरेर बीमा समितिले मर्जरको पोलिसी ल्याएको थियो।

नियामकीय पुँजी जुटाउन कम्पनीले कि त हकप्रद कि मर्जरको बाटो रोज्नु पर्नेछ। बजेटबाटै बैंक तथा बीमा कम्पनीको मर्जरलाई प्रोत्साहन गरिनेछ भनिरहँदा बीमा समितिले हकप्रदलाई भन्दा मर्जरको लागि प्रोत्साहन गर्न सक्नेछ।