BIZMANDU
www.bizmandu.com

रिद्धिसिद्धि सिमेन्टलाई मकवानपुरको ४.८५ हेक्टर जग्गा प्रयोगको स्विकृती, १० वर्षसम्म पाउने

२०७६ असार २६

काठमाडौं। सरकारले रिद्धिसिद्धि सिमेन्ट प्रालीलाई खानी क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ।

Tata
GBIME
Nepal Life

मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका ३ मा रहेको ४.८५ हेक्टर जमिन १० वर्षसम्म प्रयोग गर्न अनुमति दिएको हो।

असार १९, २३ र २४ गते बसेको मन्त्रीपरिषद बैठकले रिद्धिसिद्धि सिमेन्टलाई जग्गा प्रयोगको स्वीकृति दिएको हो। 
रिद्धिसिद्धि सिमेन्टले अब भिमफेदी गाँउपालिकाको भिमचुलीमा रहेका २ खानी प्रयोग गर्न पाउनेछ। 

यस्तै खानी उत्खननको लागि कटान गर्नुपर्ने ४ सय २६ वटा रुख काट्न पनि मन्त्रीपरिषदले स्वीकृती दिएको छ।

अम्बे समुह र शंकर समुहको १० अर्ब रुपैयाँ लगानी रहेको रिद्धिसिद्धिको प्लान्ट हेटौडाको रातोमाटेमा छ। ४० विघामा फैलिएको यो सिमेन्ट प्लान्टमा डेनमार्क र जर्मन कम्पनीको मेशिनरी प्रयोग भएको छ। कम्पनीले डेनमार्कको एएलिस्टिक मेशिनरी विश्वकै उत्कृष्ट मेशिनरी हो। जर्मन प्रविधिको लेमिनेटेड बोरामा सिल्ड गरेर सिमेन्ट बजारमा पठाउँदै आएको छ।

 दैनिक दुई हजार दुई सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उद्योगसँग मकवानपुरको राक्सिराङ र निवुवाटारमा चुनढुंगा खानी छ, त्यसवाहेक चितवनको शक्तिखोरमा पनि खानी छ। उद्योगले रिद्धिसिद्धि ब्राण्डमा ओपिसी सिमेन्ट उत्पादन गरिरहेको छ।