BIZMANDU
www.bizmandu.com

 प्रभु समूहको नेट टिभी ओटिटी सेवा खरीद गरी सञ्चालनमा ल्यायो, यस्ता छन् सुविधा

२०७६ असार २५

 प्रभु समूहको नेट टिभी ओटिटी सेवा खरीद गरी सञ्चालनमा ल्यायो, यस्ता छन् सुविधा
 प्रभु समूहको नेट टिभी ओटिटी सेवा खरीद गरी सञ्चालनमा ल्यायो, यस्ता छन् सुविधा


काठमाडौं। प्रभु समुहले नेट टिभी ओटिटी सेवा खरीद गरी सञ्चालनमा ल्याएको छ। डिभिबी-टि२ मा आधारित प्रभु टिभीले ओटिटी प्रणालीमा आधारित मोबाईल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफुले छानेको च्यानलहरु प्रभु टिभी एप्लिकेसनमार्फत हेर्न सकिने छ। 

Tata
GBIME

यो सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ। कम्पनीले निकट भविष्यमा एनसेल, एनटिसी, स्मार्ट टेलिकमको मोवाईल सेवाबाट समेत भुक्तानी गरि सेवा प्राप्तगर्न सकिने छ। 

यो सेवा खरीद गरी नेपाली तथा विदशी चलचित्र, स्पोर्ट तथा विभिन्न मनोरन्जनात्मक च्यानलहरु  आफ्नो मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटका माध्यमबाट हेर्न सकिनेछ। यस अघि प्रभु टिभि जडान गरिसकेकालाई ओटिटी सेवा निशुल्क गरिएको छ।