BIZMANDU
www.bizmandu.com

सिआइपी पाउने कम्पनीको सूची तयार, सबैभन्दा बढी आयकर तिर्नेको नाम छैन, अरु को/को छन्?

२०७६ असार २३

सिआइपी पाउने कम्पनीको सूची तयार, सबैभन्दा बढी आयकर तिर्नेको नाम छैन, अरु को/को छन्?
सिआइपी पाउने कम्पनीको सूची तयार, सबैभन्दा बढी आयकर तिर्नेको नाम छैन, अरु को/को छन्?

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार गरेको छ। सरकारले ८ शीर्षकमा व्यवसाय तथा लगानी गर्ने व्यापारिक संस्था छनोट गरेको हो।

आर्थिक वर्ष २०७३/०७४ र ०७४/७५ मा कारोबार गर्ने व्यवसायिक संस्थामध्ये सर्वोत्कृष्ट कारोबार गर्ने आधारमा ती कम्पनी छनौंट गरेको हो। व्यापार तथा निकासी केन्द्रका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढी निकासी गर्ने कम्पनीमा धागोतर्फ त्रिवेणी स्पिनिङ मिल्स,गलैंचातर्फ दि साँग्रिला  कार्पेट एण्ड ह्यान्डिक्राफ्ट इन्डष्ट्रिज, तयारी पोशाकतर्फ काठमाडौं स्टार फेसन प्राली, पश्मिनातर्फ एभरेष्ट पश्मिना निटिङ एण्ड वेभिङ र ऊनी फेल्टतर्फ कल्पना क्राफ्ट रहेका छन्।

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने तीन कम्पनीमा डाबर नेपाल प्राली, आरती स्ट्रीप्स प्राली र हुलास वायर इण्डस्ट्रिज छन्। चीनमा धेरै निर्यात गर्ने तीन कम्पनीमा न्यू हस्तकला एक्सपोर्ट, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्राली र न्यू प्यागोडा इन्टरप्राइजेज रहेका छन्। सबै भन्दा धेरै निर्यात गर्ने महिला उद्यमीमा राज्यलक्ष्मी गोल्छा हलास वयर्स इण्ड लिमिटेड छन्।

यस्तै लगानी क्षेत्रतर्फ, पर्यटन र कर दाखिला तर्फ तीन कम्पनीको नाम राखिएको छैन। रोजगारी सृजनातर्फ रिलायान्स स्पिनिङ मिल्स लिमिटेड, विप्रेषणमा आइएमई लिमिटेड रहेका छन्। पर्यटन क्षेत्रतर्फ तारागाउँ रिजेन्सी होटेल लिमिटेड परेको छ।

यस्तै केन्द्रले व्यवसायिक प्रतिनिधिमुलक संस्थातर्फ नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर रहेका छन्।अन्य व्यक्ति तथा संस्थामा मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्राली,सीजी बायोटेक प्राली, फेल्ट एण्ड यार्न प्राली, अक्षय गोल्यान इत्यादी रहेका छन्।

कन्द्रले व्यवसायीहरुलाई प्रोत्साहन गर्न सूची सार्वजनिक गरेको हो। यो सूचीमा कुनै व्यक्ति वा संस्थाले १५ दिनभित्र दाबी विरोध गर्न सक्नेछन्। सीआइपी पाउने व्यक्तिले त्रिभुवन विमानस्थलमा आउन र जान छुट्टै लाउञ्जको व्यवस्था गरिएको छ। उनीहरुलाई सिंहदरबारभित्र उच्च पदस्थ कर्मचारी तथा नेतालाई प्राथमिकतासाथ भेटघाट गर्न पाउनेछन्।