BIZMANDU
www.bizmandu.com

हिमालयन, इन्भेष्टमेन्ट, एसबिआइ मर्जरका लागि तयार, नबिल, एनबी बैंकबाटै आएन प्रतिबद्धता

२०७६ असार २३

हिमालयन, इन्भेष्टमेन्ट, एसबिआइ मर्जरका लागि तयार, नबिल, एनबी बैंकबाटै आएन प्रतिबद्धता
हिमालयन, इन्भेष्टमेन्ट, एसबिआइ मर्जरका लागि तयार, नबिल, एनबी बैंकबाटै आएन प्रतिबद्धता

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मर्जरका लागि प्रतिबद्धता लिएर आउन निर्देशन दिएपछि १८ वटा बैंक तथा वित्तीय संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने जनाएका छन्।

राष्ट्र बैंकका अनुसार, १६ वटा बाणिज्य बैंकले प्रतिबद्धता जनाएका छन् भने विकास बैंकमा साङ्ग्रिला डेभलपमेन्ट बैंक छ। लघुवित्त बैंकर्स संघले पनि सबै संस्था मर्जरमा जान तयार रहेको प्रतिबद्धता ब्यक्त गरेको छ। फाइनान्स कम्पनीबाट पनि प्रतिबद्धता आएको छैन।

हिमालयन, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबिआइ बैंकले समेत मर्जरका लागि प्रतिबद्धता ब्यक्त गरेका छन्। एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्डजस्ता ठूला बैंकले भने प्रतिबद्धता जनाएका छैनन्।

ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रकृयाम रहेको एनएमबीले फेरि पनि मर्जरमा जाने जनाएको छ। सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसिसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंकम, सेञ्चुरी बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक र मेगा बैंकले पनि प्रतिबद्धता ब्यक्त गरेका छन्। ग्लोबल र जनता बैंक मर्जरमा जाने सहमति गरिसकेका छन्। प्राइम बैंकले कैलश विकास बैंकलाई जोडी छानिसकेको छ।

तीन सरकारी बैंकका साथै बैंक अफ काठमाण्डू, सिद्धार्थ, प्रभु, नेपाल बंगलादेश बैंकले भने अहिलेसम्म प्रतिबद्धता ब्यक्त नगरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।