BIZMANDU
www.bizmandu.com

ग्लोबल र जनता गाभिएपछि २३ अर्बको पूँजी कोष, निक्षेप १८८ अर्ब, यस्तो हुनेछ वित्तीय अवस्था

२०७६ असार २०

ग्लोबल र जनता गाभिएपछि २३ अर्बको पूँजी कोष, निक्षेप १८८ अर्ब, यस्तो हुनेछ वित्तीय अवस्था
ग्लोबल र जनता गाभिएपछि २३ अर्बको पूँजी कोष, निक्षेप १८८ अर्ब, यस्तो हुनेछ वित्तीय अवस्था


काठमाडौं। ग्लोबल आइएमइ बैंक र जनता बैंक गाभिएपछि सर्वसाधारणबाट उठाएको निक्षेप १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ। यो चैत मसान्तसम्मको तथ्यांकमा आधारित हो।

Tata
GBIME
Nepal Life

सर्वसाधारणमा दिएको ऋण लगानी एक खर्ब ७० अर्ब रुपैयाँ नाघ्ने छ। शाखा सञ्जाल २७८ पुग्नेछ। यसबाहेक बैंकका शाखारहित बैंकिङ इकाई र एक्सटेन्सन काउन्टर पनि हुनेछन्।

प्रारम्भिक सहमति अनुसार, जनता बैंकले एक कित्ता बराबर ८५ रुपैयाँ पाउनेछ। यस हिसाबले अहिले जनता बैंकसँग ८ अर्ब रुपैयाँ चुक्ता पूँजी छ। यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजीका रुपमा ग्लोबलसँग मिसिने छ। 

अहिले ग्लोबलको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। यसमा जनताको ६ अर्ब ८० करोड मिसिँदा पूँजी १७ अर्ब ११ करोड रुपैयाँ हुने छ। 

जनताको शेयर आदानप्रादन अनुपात मिलाएपछि १ अर्ब २० करोड रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ। अहिले जनतासँग १ अर्ब ७५ करोड रुपैयाँ जगेडा कोष छ। ग्लोबल आइएमइको २ अर्ब ७३ करोडको कोष छ। योसबै गरेर जगेडा कोष ५ अर्ब ६९ करोड रुपैयाँको हुनेछ। पूँजी र जगेडा जोड्दा पूँजी कोष २२ अर्ब ८० करोड रुपैयाँको पुग्ने छ।