BIZMANDU
www.bizmandu.com

मर्जरको पहल चल्दा तीन बैंकले ठूलो संख्यामा कर्मचारी मागे, जनता, सेञ्चुरी र हिमालयनमा अवसर

२०७६ असार १८

मर्जरको पहल चल्दा तीन बैंकले ठूलो संख्यामा कर्मचारी मागे, जनता, सेञ्चुरी र हिमालयनमा अवसर
मर्जरको पहल चल्दा तीन बैंकले ठूलो संख्यामा कर्मचारी मागे, जनता, सेञ्चुरी र हिमालयनमा अवसर

Tata
GBIME
Nepal Life

काठमाडौं। 'बिग मर्जर' को लहर चलिरहँदा तीन बाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी थप्ने भएका छन्। जनता बैंक नेपालले २०० जना कर्मचारी माग गरेको छ भने सेञ्चुरी कमर्सियल बैंकले १७९ जना कर्मचारी माग गरेको छ। हिमालयन बैंकले पनि ८६ जना कर्मचारी माग गरेको छ।

जनता बैंकले जुनियर असिस्टेन्ट पदका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना कर्मचारी माग गरेको हो। म्यानेजमेन्ट ट्रेनीका लागि स्तानकोत्तर गरेको हुनु पर्छ भने जुनियर असिस्टेन्टका लागि स्नातक भए पुग्छ। 

सेञ्चुरी बैंकले ट्रेनी असिस्टेन्टमा १२५ जना करम्चारी माग गरेको छ। काठमाडौं उपत्यकाभित्र जागिर खाने भए प्लसटु लेभल ब्यवस्थापनमा ५५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएको हुनु पर्छ। राजधानी बाहिरकालाई ४५ प्रतिशत अंक ल्याए पुग्ने बैंकले जनाएको छ।

बैंकले सुचना प्रविधि विभागका लागि ५ जना जुनियर असिस्टेन्ट थप मागेको छ। मूख्य कार्यालयमा उनीहरुको पोस्टिङ हुने छ। यसका लागि आइटीमा स्नातक हुनु पर्छ।

बैंकले म्यानेजमेन्ट ट्रेनि भनेर ३० जना माग गरेको छ। यसका लागि स्नातकोत्तर अनिवार्य हुनु पर्ने छ। आइटीमा एक जना सिनियर असिस्टेन्ट, सफ्टवेयर प्रोग्रामिङका लागि तीन जना सिनियर असिस्टेन्ट, धनगढी र सुर्खेतमा एक/एक जना प्रदेश म्यानेजर, आइटीमा अरु दुई जना अधिकृत माग गरिएको छ। 

हिमालयन बैंकले पनि ४२ जना सुपरभाइज माग गरेको छ। स्नातकोत्तर गरेको र बैंकिङमा अनुभव भएकालाई बैंकले नियुक्त गर्ने जनाएको छ। बैंकले कानुनतिर पनि एक जना सुपरभाइजर नियुक्त गर्ने जनाएको छ।

बैंकले ४३ जना जुनियर असिस्टेन्ट नियुक्त गर्ने भएको छ। यसका लागि स्नातक भए पुग्छ।