BIZMANDU
www.bizmandu.com

विकट क्षेत्रमा सेवा पुर्याउँदै नेपाल टेलिकम,कर्णाली प्रदेशमा सुरु भयो फाइबर टु द होम सेवा

२०७६ असार १६

विकट क्षेत्रमा सेवा पुर्याउँदै नेपाल टेलिकम,कर्णाली प्रदेशमा सुरु भयो फाइबर टु द होम सेवा
विकट क्षेत्रमा सेवा पुर्याउँदै नेपाल टेलिकम,कर्णाली प्रदेशमा सुरु भयो फाइबर टु द होम सेवा

Tata
GBIME

काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि कर्णाली प्रदेशमा फाइबर टु द होम (एफटिटिएच) सेवा सुचारु गरेको छ। 

सुर्खेतमा रहेको कम्पनीको कार्यालयमा संसदीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले उद्घाटन गरे।विज्ञान र प्रविधीको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको छ। मानव जीवनलाई सहज बनाएको छ। नेपाल टेलिकमको सह्रानीय कामले डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्नेछ।' मन्त्री भण्डारीले भने।   

कम्पनीका सेवाहरु मुलुकको विकट क्षेत्रसम्म पुर्याएर सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न प्रयासरत रहेको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा बताए।

निजी कम्पनीको तुलनामा टेलिकमले आफ्नो वर्चश्व कायम राख्नका लागि प्रभावकारी रुपमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए।पाँच सय १२ लाइन क्षमताको दुई थान फाइबर डिस्ट्रिब्युसन क्याविनेट 'एफडिसी'यो जडान गरी कुल एक हजार २४ लाइन क्षमता रहेको कम्पनीले जनाएको छ।