BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्टमा २०४ जनालाई जागिरको अवसर, चिनियाँ भाषा जानेकालाई विशेष प्राथमिकता

२०७६ असार १५

हुवासिन सिमेन्टमा २०४ जनालाई जागिरको अवसर, चिनियाँ भाषा जानेकालाई विशेष प्राथमिकता
हुवासिन सिमेन्टमा २०४ जनालाई जागिरको अवसर, चिनियाँ भाषा जानेकालाई विशेष प्राथमिकता


Tata
GBIME
Nepal Life

काठमाडौं। एकवर्षभित्रै उत्पादन गर्ने लक्ष्यसहित हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ। कम्पनीले काममलाई तिब्रता दिन आइतबार २०४ जना कर्मचारी माग गरेको छ।

चाइनिज भाषा जानेकालाई कम्पनीले प्राथमिकतामा राख्ने छ। सबैभन्दा बढि फर्कलिफ्ट ड्राइभर मागिएको छ। यसमा कम्पनीले ३० जना कर्मचारी चाहिने जनाएको छ। कुल ४५ विभागमा कर्मचारी माग गरिएको हो। मेसिन रिपेयर वर्कसपमा २४ जना माग गरिएको छ।

कम्पनीले उच्चमाध्यमिक अध्ययनदेखि स्नातकोत्तरसम्मकालागि जागिर खुलाएको छ। कतिपय जागरिका लागि भने अनुभव पनि मागिएको छ। काम गर्ने स्थान भने धादिङ हुने छ।

कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ। कम्पनीले ‘एक्सेस रोड’सँगै उद्योग स्थापनाको काम गरिरहेको छ। पाँच सय कामदारले उद्योग पूर्वाधारको काम गरिरहेको छ। आधा नेपाली र आधा चिनियाँ कामदारले दिनरात नभनी काम गरिरहेको छ। पुससम्म उद्योग पूर्वाधारको काम सक्ने लक्ष्य लिइएको छ।

हुवासिन नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब रुपैयाँ लगानी गर्दैछ। यो उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन्। खानी विभागले गत वर्ष वैशाखमा खनिजको लागि भन्दै न्यूनतम सात लाख रुपैयाँ मूल्य राखेर विश्वव्यापी टेण्डर आह्वान गर्दा मकवानपुर र धादिङमा रहेको पानीखर्क चुनखानीको लागि हुवासिनले ६० करोड रुपैयाँ बोलकबोल गरेको थियो। यो खानीलाई नेपाली उद्योगीले अधिकतम १२ करोड रुपैयाँ सम्म मात्र प्रस्ताव गरेका थिए।