BIZMANDU
www.bizmandu.com

सातामै बैंकको निक्षेप १४ अर्बले बढ्यो, बर्षभरीको निक्षेप २६९ अर्बले बढ्दा ऋण ३५९ अर्बले बढ्यो

२०७६ असार ११

सातामै बैंकको निक्षेप १४ अर्बले बढ्यो, बर्षभरीको निक्षेप २६९ अर्बले बढ्दा ऋण ३५९ अर्बले बढ्यो
सातामै बैंकको निक्षेप १४ अर्बले बढ्यो, बर्षभरीको निक्षेप २६९ अर्बले बढ्दा ऋण ३५९ अर्बले बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारी विकास खर्च बढ्दै गएको प्रभाव बैंकहरुको निक्षेपमा देखिएक छ। सातामै २८ बाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ।

जेठ ३१ देखि असार ६ गतेको बीचमा निक्षेप १४ अर्बले बढेको हो। ऋण बिस्तार भने एक अर्ब रुपैयाँले मात्रै भएको राष्ट्र बैंकले जनाएको छ। 

अघिल्लो साता निक्षेप ३ अर्बले मात्र बढेको थियो। त्यस अवधिमा ऋण बिस्तार २ अर्बले बढेको थियो। चालु बर्षमा भने निक्षेप २ खर्ब ६९ अर्बले बढ्दा ऋण ३ खर्ब ५९ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुसँग कुल निक्षेप २६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ भने ऋण २४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।