BIZMANDU
www.bizmandu.com

एनएमबि र ओमले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पायो, २ महिनामा प्रकृया टुंग्याउने

२०७६ असार ९

एनएमबि र ओमले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पायो, २ महिनामा प्रकृया टुंग्याउने
एनएमबि र ओमले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पायो, २ महिनामा प्रकृया टुंग्याउने

Tata
GBIME
Nepal Life

फाइल तस्विर

काठमाडौं। राष्ट्र बैंकले एनएमबि बैंकर ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले आइतबार मर्जरका लागि सहमति दिएको हो।

एनएमबि र ओमले जेठ २ गते मर्जरका लागि सहमति गरेका थिए। एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको थियो। अहिले एनएमबिको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।सम्झौता हुँदा दुई महिना भित्रमा प्रकृया टुंग्याउने सहमति भएको थियो।