BIZMANDU
www.bizmandu.com

आशा राणा अधिकारी सनराइज बैंकको नायव सिइओमा बढुवा, कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा

२०७६ असार ५

Tata
GBIME
Nepal Life

काठमाडौं। सन्राइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। 

उनले अहिले कामु प्रमुख कार्यकारीका रुपमा सनराइज बैंकको ब्यवस्थापन नेतृत्व गर्दै आएकी छिन्। बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेपनि सञ्चालकहरुको बिबादका कारण उनी कार्यभार सम्हाल्न गएका छैनन्।

विगत ३१ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राणा सनराइज बैंकको स्थापनादेखि नै त्यहाँ छिन्। 

सनराइज आउनुअघि उनी हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६वर्ष भन्दा बढी काम गरेकी थिइन्। 

उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन्।