BIZMANDU
www.bizmandu.com

मल्टीपर्पस फिनान्सको ८६५ प्रतिशत हकप्रद असार २३ देखि, चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने

२०७६ असार ५

मल्टीपर्पस फिनान्सको ८६५ प्रतिशत हकप्रद असार २३ देखि, चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने
मल्टीपर्पस फिनान्सको ८६५ प्रतिशत हकप्रद असार २३ देखि, चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। मल्टीपर्पस फिनान्सले असार २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। 

संस्थाले असार १० गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर ८.६५ कित्ताको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको हो। 

संस्थाको हालको चुक्ता पूँजी चार करोड १४ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी जुटाउन नसकेका एक जिल्ले विकास बैंक र फाइनान्सलाई म्याद थप गरिदिएको थियो। 

राष्ट्र बैंकले तीन वर्ष अगाडि बैंक तथा वित्तीय संस्थाको पूँजी जुटाउने निर्देशन दिएको भए पनि अझै केहि बैक तथा वित्तीय संस्थाले पूँजी जुटाउन बाँकी छ। 

हकप्रद शेयर निष्काशनसँगै संस्थापक शेयरधनीहरुको ६० प्रतिशत अर्थात २४ करोड रुपैयाँ र सर्वसाधारणको ४० अर्थात १६ करोड रुपैयाँ कायम हुनेछ। हकप्रद शेयरको लागि सिभिल क्यापिटल सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रिय कार्यालय सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगंज, नारायणघाट, बुटवल, पोखरा, नेपालगंज, धनगढी, वीरेन्द्रनगर र आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।