BIZMANDU
www.bizmandu.com

सोमबारबाट सुरु भएको बुद्ध एयरको सुर्खेत उडान शुक्रबारबाट बन्द, जम्मा ४० जना यात्रु मात्रै 

२०७६ असार ५

सोमबारबाट सुरु भएको बुद्ध एयरको सुर्खेत उडान शुक्रबारबाट बन्द, जम्मा ४० जना यात्रु मात्रै 
सोमबारबाट सुरु भएको बुद्ध एयरको सुर्खेत उडान शुक्रबारबाट बन्द, जम्मा ४० जना यात्रु मात्रै 


सुर्खेत। सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ। असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो। 

Tata
GBIME
Nepal Life

काठमाडौंका लागि बिहान साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए। 

“यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, उनले भने। हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बु पाएको पन्तले बताए।