BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीले भने- मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो, मुलुकलाई धोका भयो

२०७६ असार ४

प्रधानमन्त्रीले भने- मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो, मुलुकलाई धोका भयो
प्रधानमन्त्रीले भने- मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो, मुलुकलाई धोका भयो

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको बताएका छन्। 

सरकारी निकायका उच्च अधिकारीले मेलम्ची खानेपानी आयोजनाको निर्माण सकिन्छ भनेर तोकेको मिति अगाडि नै ठेकेदार भागेको भन्दै प्रधानमन्त्रीले यसबारे आफूलाई गलत ब्रिफिङ भएको बताएका हुन्।

'मैले आजित भएर मन्त्रालयको सचिवलाई मेरो डायरीमा आयोजना कहिले सकिन्छ मिति लेख्नुस् भनेँ, उहाँले लेखेको जस्ताको त्यस्तै छ,' उनले भने, 'आयोजना आउला भनेको ठेकेदार नै भाग्यो, यसबाट मुलुकलाई धोका भएको छ।' 

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले जनता, विकास निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रतिकुल प्रभाव पार्न नहुने पनि बताए। 

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनको गति सन्तोषजनक नभएको उल्लेख गरे।