BIZMANDU
www.bizmandu.com

ऋणमा आक्रामक देखिए पनि लक्ष्यभन्दा कम लगानी, निक्षेप १२% ले मात्र बढ्दा तरलता अभाव

२०७६ असार ४

ऋणमा आक्रामक देखिए पनि लक्ष्यभन्दा कम लगानी, निक्षेप १२% ले मात्र बढ्दा तरलता अभाव
ऋणमा आक्रामक देखिए पनि लक्ष्यभन्दा कम लगानी, निक्षेप १२% ले मात्र बढ्दा तरलता अभाव

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले विकास खर्च गर्न नसक्दा असार लागिसक्दा पनि बैंकिङ तरलता बढ्न सकेको छैन। असार २ गतेसम्मको तथ्यांक हेर्दा एक सातामा कुल निक्षेप पाँच अर्ब रुपैयाँले मात्र बढेको छ।

यसमध्ये नेपाली मुद्राको निक्षेप बृद्धि जम्मा तीन अर्ब रुपैयाँ मात्र छ। 

एक सातामा ऋण बिस्तार २ अर्ब रुपैयाँले भएको छ। राष्ट्र बैंकका अनुसार, चालु बर्षभरी निक्षेप जम्मा २ खर्ब ८९ अर्ब रुपैयाँले बढेको छ। राष्ट्र बैंकले चालु बर्ष निक्षेप ५ अर्बले बढ्ने अनुमान गरेको थियो।

निक्षेपको तुलनामा ऋण बिस्तार उच्च छ। चालु बर्ष ऋण ३ खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ। सवा चार खर्बले बढ्ने प्रक्षेपण गरेको थियो। निक्षेपको तुलनामा ऋण बिस्तार अधिक देखिएपनि लक्ष्य भन्दा कम हो। यो १७ प्रतिशतको मात्र बृद्धि हो। 

निक्षेपको बृद्धि १२ प्रतिशतभन्दा कम छ। बैंकहरुको कुल निक्षेप २७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी पनि २४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।