BIZMANDU
www.bizmandu.com

इटहरीमा टाटाको कार मेला हुने, तीन दिनसम्म चल्ने मेलामा यस्ता छन् आकर्षण

२०७६ असार ३

इटहरीमा टाटाको कार मेला हुने, तीन दिनसम्म चल्ने मेलामा यस्ता छन् आकर्षण
इटहरीमा टाटाको कार मेला हुने, तीन दिनसम्म चल्ने मेलामा यस्ता छन् आकर्षण

Tata
GBIME
Nepal Life

काठमाडौं।सिप्रदी ट्रेडिङ र सिप्रदीको आधिकारीक बिक्रेता ग्लोबल अटो ट्रेडर्सको सहकार्यमा इटहरीमा यही असार ५, ६ र ७ गते कार मेलाको आयोजना हुने भएको छ।

बिहान ११बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन हुने उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुने आयोजकले जनाएको छ।

कम्पनीका अनुसार मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन्। मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने कम्पनीले जनाएको छ।

मेलामा निशुल्क प्रवेश, अन दि स्पोर्ट फाइनान्सिङ, पूरानो गाडीको उत्कृष्ट मूल्यांकन तथा एक्सचेन्ज लोयल्टी बोनश,टेष्ट ड्राइभको व्यवस्था र फोटो सूट र खानाको परिकार रहने कम्पनीले जनाएको छ।