BIZMANDU
www.bizmandu.com

शेयर ब्रोकरको काम गर्ने अनुमति विकास बैंकलाई पनि दिन माग, ‘देशभर शाखा भएकाले चाहियो’

२०७६ असार ३

शेयर ब्रोकरको काम गर्ने अनुमति विकास बैंकलाई पनि दिन माग, ‘देशभर शाखा भएकाले चाहियो’
शेयर ब्रोकरको काम गर्ने अनुमति विकास बैंकलाई पनि दिन माग, ‘देशभर शाखा भएकाले चाहियो’

Tata
GBIME
Nepal Life

काठमाडौं। बाणिज्य बैकहरुले शेयर ब्रोकरको काम गर्न लाइसेन्स दिन थालेपछि विकास बैंकहरुले पनि आफूले पनि शेयर ब्रोकरको काम गर्न पाउनु पर्ने माग गरेका छन्।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाब पठाउँदै विकास बैंक संघले सहायक कम्पनी खोलेर ब्रोकरको कारोबार गर्न दिन माग गरेका हुन्। उनीहरुको मागमा भनिएको छ- विकास बैंकहरुलाई छुट्टै सहायक कम्पनी स्थापना गरी धितोपत्र ब्यवसायीको कारोबार गर्न दिने ब्यवस्था गरियोस्।

उनीहरुले विकास बैंकलाई पनि किन लाइसेन्स दिनु पर्छ भन्ने तर्कसमेत प्रस्तुत गरेका छन्। विकास बैंकहरुको शाखा सञ्जाल देशभर फैलिएको र धितोपत्र ब्यवसायको पहुँच देशभर प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुँदा लाइसेन्स दिनु पर्ने तर्क गरिएको छ।

अहिले बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स पाउन थालेका छन्। १९ वटा बाणिज्य बैंकले लाइसेन्सको अनुमति मागेकोमा १० वटाले पाइसकेका छन्। ९ वटा बैंक प्रकृयामा छन्।