BIZMANDU
www.bizmandu.com

तीन नम्बर प्रदेशका कर्मचारीको तलब बढ्यो, एक महिनाको थप तलब दिने अर्थमन्त्री ढुंगेलको घोषणा 

२०७६ असार १

तीन नम्बर प्रदेशका कर्मचारीको तलब बढ्यो, एक महिनाको थप तलब दिने अर्थमन्त्री ढुंगेलको घोषणा 
तीन नम्बर प्रदेशका कर्मचारीको तलब बढ्यो, एक महिनाको थप तलब दिने अर्थमन्त्री ढुंगेलको घोषणा 

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रदेश नं ३ ले प्रदेशमा कार्यरत कर्मचारीका लागि एक महिनाको तलब थप गर्ने घोषणा गरेको छ। आगामी आरुथिक वर्ष २०७६/०७७ को बजेटमार्फत प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले थप सुविधाको घोषणा गरेका हुन्। 

मन्त्री ढुंगेलले गरेको घोषणाअनुसार प्रदेशका कर्मचारीले संघीय सरकारले बढाएको तलब सुविधाबाहेक थप सुविधा पाउनेछन्। 

बजेट बक्तव्यको बुँदा नं १८४ मा भनिएको छ, 'आजका मितिसम्म प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तिमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतित गरेका कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीहरुलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरुप केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको छु।' 

सातवटा प्रदेशमध्ये यो प्रदेशले मात्रै कर्मचारीका लागि अतिरिक्त सुविधाको घोषणा गरेको हो। प्रदेशले प्रदेश निजामती सेवा पुरस्कारको घोषणा पनि गरेको छ।