BIZMANDU
www.bizmandu.com

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पत्ति ३ अर्ब डलर, ब्यापार ओरालो लागेपनि सम्पत्ति बढ्यो

२०७६ असार १

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति बढेर तीन अर्ब डलर पुगेको छ।  उनको सम्पत्ति गत वर्षको तुलनामा ५ प्रतिशत बढेको देखिएको छ।

लगातार दुई वर्ष घटेको ट्रम्पको सम्पति बढेर अब सन् २०१६ कै स्तरमा आएको छ।

पारिवारिक कम्पनीको ब्यापारमा गिरावट आएपनि ट्रम्पको सम्पत्ति भने बढेको हो।

नयाँ दुई होटल चेन स्थगित हुनु तथा उनको फ्लोरिडास्थिल रिसोर्ट र सातवटा गल्फ कोर्सको ब्यापरमा कमी आउनुले उनको ब्यवसाय मन्द देखिएको हो।

ट्रम्पको सम्पत्ति बढ्नुमा रियल स्टेटको  हात रहेको छ। म्यानहटन, क्यालिफोर्निया र सान फ्रान्सिसकोमा रहेका टावरहरुको कमाईबाट ट्रम्पको सम्पत्ति बढेको हो।

यी अफिस बिल्डिङमा भएको बिजनेस डिलले नै  ट्रम्पको निजी सम्पति बढाउन भूमिका खेलेको छ।

उनले आफ्ना साथी स्टेभेन रोथसँग मिलेर भोरनाडो रियल्ट्री ट्रस्ट चलाएका छन्। भोर्नाडोको प्रोपर्टीमा ट्रम्पको ३० प्रतिशत हिस्सा रहेको छ।  भोर्नाडोसँगको साझेदारीले नै ट्रम्पलाई फेरि सम्पत्ति बढाउन मद्दत पुगेको हो।