BIZMANDU
www.bizmandu.com

भारतले अमेरिकाबाट आउने वस्तुमा आयात कर बढायो, कुन कुन सामानको भाउ बढ्ला?

२०७६ असार १


नयाँ दिल्ली। अमेरिकाले भारतलाई दिँदै आएको सहुलियत बन्द गरेसँगै भारतले पनि अमेरिकाका उत्पादनहरुको आयात शुल्क बढाइदिएको छ।

Tata
GBIME
Nepal Life

भारतले आजदेखि लागू हुने गरी बिभिन्न २८ वटा अमेरिकी उत्पादनहरुको आयात शुल्क बढाइदिएको हो।

भारतले अमेरिकाबाट आयात हुने बदाम, दालहरु तथा ओखरजस्ता खाद्यान्नका साथै अन्य बिभिन्न सामाग्रीहरुमा शुल्क बृद्धि गरेको हो।

यी सामाग्रीमा कर बढेसँगै भारतीय बजारमा यी सामाग्रीहरुको मूल्यमा पनि बृद्धि हुने छ जसको सिधा मार उपभोक्तामा पर्ने निश्चित छ।

केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड सिबिआईसीले अमेरिकाबाट निर्यात हुने २८ वटा बिशिष्ठ बस्तुहरुमाथि आयात शुल्क लागू हुने घोषणा गरेको हो।

यसअघि यो सूचीमा बिभिन्न २९ बस्तु यसमा सामेल थियो। तर  झिंगेमाछाको एक प्रजाति आर्टेमियालाई भने अन्तिम समयमा यो सूचीबाट बाहिर राखिएको छ। यी बस्तुहरुको आयातबाट भारतलाई २१.७ करोड डलर अतिरिक्त आम्दानी हुने अनुमान गरिएको छ।

अमेरिकाले स्टिल तथा आल्मुनियमको केही बिशेष उत्पादनहरुमाथि आयात शुल्क बढाइदिने निर्णय गरेसँगै भारतले पनि यी बस्तुहरुको आयात शुल्क बढाउने निर्णय गरेको हो।