BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको तीन अर्बको ऋणपत्र पर्याप्त सुरक्षित, क्रेडिट पोर्टफोलियो २४% ले बढ्यो

२०७६ असार १


काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको लागि रेटिङ गराएको छ। इक्रा नेपालका अनुसार बैंकले पर्याप्त मात्रामा सुरक्षित जनाउने रेटिङ ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले १०.२५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो। तीन अर्ब रुपैयाँमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणको लागि निष्कासन गर्नेछ।

१९ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय एकसयवटा छन्। बैंकको पूँजीकरणको अवस्था राम्रो रहेकोले ऋणपत्र पनि सुरक्षित रहेको एजेन्सीले जनाएको छ।

बैंकले भौगोलिक रुपमा आफ्ना शाखा कार्यलको विस्तार र सुरक्षित हिसावले कर्जा प्रवाह गरिरहेको रेटिङ एजेन्सीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत र सबैभन्दा धेरै ऋण लगानी भएका २० जनाको हिस्सा २२ प्रतिशत रहेको छ।

बैंकको क्रेडिट पोर्टफोलियो विगत पाँच वर्षको अवधिमा २४ प्रतिशतले बढेको छ। विगत तीन चार वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीको अन्तरले नाफा बढाउन मद्दत गरेको हो।

विगत तीन चार वर्षको अवधिमा बैंकले खुद व्याज आम्दानीमा हुने अन्तर ३.५ प्रतिशतभन्दा माथि रहेको एजेन्सीले जनाएको छ।
निक्षेपको व्याजदर उच्च हुँदा पनि निक्षेपको व्याजदर र ऋण लगानीको व्याजदर ३.५ प्रतिशत भन्दामाथि हुँदा बैंकको मुनाफा बढ्न मद्दत गरेको हो।

प्रमुख शेयरधनी महतो ग्रुपको शेयर हिस्सा २८ प्रतिशत रहेको छ। त्यस्तै केसी ग्रुपको २० प्रतिशत शेयर हिस्सा रहेको छ।