BIZMANDU
www.bizmandu.com

सिएफए डिग्री ‘आकाशको फल’ सरह, बर्षेनी एकलाखभन्दा बढीले दिन्छन् परीक्षा, सफलता भने कमैलाई

२०७६ असार १


शनिबारदेखि  विश्वभर नै चार्टर्ड फाइनान्सियल एनालिस्ट (सिएफए) परीक्षा सुरु भएको छ। अत्यन्तै कडा परीक्षा मानिने सिएफएको परीक्षाफलमा सफलता भने धेरै कमलाई मात्र हात पर्छ।

Tata
GBIME
Nepal Life

परीक्षार्थीहरुले ६ घण्टा लगाएर २ सय ४० वटा मल्टिपल च्वाइस प्रश्नको समाधान गर्नुपर्छ र यसमा अधिकांश फेल हुन्छन्।

हरेक बर्ष सिएफए डिग्री लिनका लागि विश्वभरका एक लाख परीक्षार्थीभन्दा बढी परीक्षार्थी सहभागी हुने गर्छन्।  

यो परीक्षा दिनुअघि विद्यार्थीहरुले कम्तीमा पनि ३ सय घण्टा पढेका हुन्छन्। तर परीक्षामा यसको पास रेट जम्मा ४० देखि ५० प्रतिशतमात्र छ।

फाइनान्स सेक्टरमा तीनवटा सिरिजको यो परीक्षालाई अति नै कठोर परीक्षा मानिन्छ जसमा ५० प्रतिशतले पनि पहिलो लेभल पास गर्न सक्दैनन्।


'धेरै विद्यार्थीका लागि सिएफए प्रोग्रामको परीक्षा कठिन समस्या नै हो।'- सिएफए इन्स्टिच्यूटका परीक्षा विकास निर्देशक एलेक्स किङले भने।

फाइनान्सियल इन्डस्ट्रीको पनि विशेष क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यो कोर्स डिजाइन गरिएको हो।

सिएफए चार्टर होल्डर हुनु इन्भेष्टमेन्ट म्यानेजमेन्टमा करियर बनाउन चाहनेहरुकालागि अत्यन्त ठूलो उपलब्धी हो। यसैले यसमा ब्यबस्थापनमा उम्दा युवा पुस्ताको झुकाव देखिएको छ।

नेपालबाट पनि यस परीक्षामा  युवाहरु सहभागी छन्। सिएफएको 'टफ टेस्ट'मा भाग लिएका उनीहरु आज यस विषयको अन्तिम परीक्षा दिँदैछन्।