BIZMANDU
www.bizmandu.com

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार, हरिहरपुरगढी हिँडेर एक घण्टामै

२०७६ जेठ ३२

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार, हरिहरपुरगढी हिँडेर एक घण्टामै
हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार, हरिहरपुरगढी हिँडेर एक घण्टामै


काठमाडौं। समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्गको पहिलो खण्ड निर्माण पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो। पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो।

पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएका थिए। पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए। घण्टेबाट सुरुभएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी, भिमगढहुँदै सेपाहा पुगेको थियो। पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ।

त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ। खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ। जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ। यहाँबाट उत्तरी क्षेत्रको हिमालय पर्वत श्रृङ्खलासमेत देखिन्छ। धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ।