BIZMANDU
www.bizmandu.com

राष्ट्रपतिले उद्योगीलाई भनिन्-‘व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नुस्’

२०७६ जेठ ३०

राष्ट्रपतिले उद्योगीलाई भनिन्-‘व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नुस्’
राष्ट्रपतिले उद्योगीलाई भनिन्-‘व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नुस्’

Tata
GBIME
Nepal Life

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले तीब्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएकी छिन्। राष्ट्रपति निवासमा नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले यो धारणा राखेकी हुन्।

राष्ट्रपति भण्डारीले उत्पादन बढाएर आर्थिक विकासलाई तीब्र पार्न उद्यमी व्यवसायीहरुसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाईन्। वेरोजगारीको विकराल समस्या हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्यका लागि स्वदेशमै रोजगारी सृजना गर्न सरकारले थालेका प्रयासलाई सघाउन उनले आग्रह गरिन्।

चुलिएको व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने बताईन्। सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तारमा आफ्नो संस्थाले सकारात्मक भूमिका खेल्दै आएको बताए।

उनले बजेटबाट उत्पादनमूलक क्षेत्रमा गरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महत्वका आयोजनामा सरकारले तोकेको प्राथमिकताले निजी क्षेत्र उत्साहित भएको बताए।