BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर, दुई देशबीच गोष्ठी र सेमिनार गर्ने

२०७६ जेठ ३०

एफएनसीसीआई र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर, दुई देशबीच गोष्ठी र सेमिनार गर्ने
एफएनसीसीआई र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर, दुई देशबीच गोष्ठी र सेमिनार गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहकार्यका लागि हस्ताक्षर भएको महासंघले जनाएको छ।सहमतिपत्रमा महासंघकि अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेज ले हस्ताक्षर गरे।

सहमतिपत्रमा एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने उल्लेख छ।हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपीशर्मा ओलीको समेत उपस्थिती थियो।

कार्यक्रममा अध्यक्ष राणाले सहमतिपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता समेत जनाइन्। अध्यक्ष राणाले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने बताईन्।