काठमाडौं।आइएमई रेमिटेन्सको १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्यो।
कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीमा भएको रक्तदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जना कर्मचारीले रक्तदान गरेको विज्ञप्तिमा उल्लेख छ।आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले सेवाग्राही र व्यवसायिक साझेदारलाई धन्यवाद दिए।
२ सय १ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम सहज रुपमा भूक्तानी गर्दै आएको छ।