BIZMANDU
www.bizmandu.com

३ रुपैयाँमा चाइना कल गर्नुस्, अन्तर्राष्ट्रिय कलमा टेलिकमको नयाँ स्किम, यसरी लिनुस् सुविधा

२०७६ जेठ २७

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय कलमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ।

नेपाल टेलिकमको सिमबाट चीनमा तीन रुपैयाँ तीन पैसामै कल गर्न सकिने कम्पनीले जनाएको छ।

यस अफरबाट ग्राहकले अघिपछिको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन्।

लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले कम्पनीले सुपथ मूल्यमा कल सेवा लागू गरेको कम्पनीले जनाएको छ।

केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले उक्त अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्याक खरिद गरेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रति मिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसा रुपैयाँमा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।   

कम्पनीका अनुसार प्याक अफर अन्तर्गत ००, १४२४, १४२५ र १४४५ लगायत सबै अन्तर्राष्ट्रिय एक्सेस कोडमा उपलब्ध रहेको छ।

*१४१५*७#मा डायल गरी प्राप्त गर्न सकिने सेवा अन्तर्गत दैनिक, साप्ताहिक र मासिक योजनाका लागि क्रमशः DCHINA ,WCHINA र MCHINAमा टाइप गरी १४१५मा मेसेज पठाउनुपर्ने कम्पनीले जनाएको छ।