BIZMANDU
www.bizmandu.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडा जग्गाधनीलेनै काट्ने, शर्त विमानस्थल तोकिएकै समयमा


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडा जग्गाधनीलेनै काट्ने, शर्त विमानस्थल तोकिएकै समयमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडा जग्गाधनीलेनै काट्ने, शर्त विमानस्थल तोकिएकै समयमा



काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि डाँडानै काट्नुपर्ने प्राविधिकले निष्कर्ष निकाले। पोखराको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणमै असर पर्ने अनुमानका आधारमा केही समय यो विषय वाहिर ल्याएन।

Tata
GBIME
Nepal Life

तर विमानस्थलको रनवे तयार भएपछि डाँडा काट्ने विषयमा प्राधिकरणले स्थानीयसँग छलफल गर्यो। छलफलमा जग्गाधनीले मुआब्जा माग्ने अनुमान विपरित आफैँले डाँडा काट्ने प्रतिवद्धता जनाए।

तोकिएकै समयमा विमानस्थल संचालन ल्याउन भन्दै डाँडा आफैले काट्ने प्रतिवद्धता जनाएका हुन्। पोखरा महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा डाँडा काट्ने छन्। विमानस्थल पोखराको गौरब भएको भन्दै डाँडा काट्न आफै अग्रसर भएको जग्गाधनी गोविन्द तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार डाँडोबाट आउने माटो व्यवस्थापनका लागि एक सातापछि वेसमेन्टनै तयार पार्ने योजना बनाइएको छ।

डाँडा भन्दा तल रहेको खेतीयोग्य जमीनमा प्रभाव नपार्ने उद्देश्यले बाटो विस्तार र बेसमेन्ट विस्तार गर्न लागिएको तिमल्सिनाले जानकारी दिए। उनले भने,'डाँडामुनी भएको खेतीयोग्य जमीनमा एउटा हलो पनि चलाउने छैनौँ। त्यसै कारण हामीले त्यहाँ प्रभाव नपार्ने उद्धेश्यले डाँडा काटिसकेपछि निस्कने माटो, ढुंगा लगायत वस्तु राख्ने बेसमेन्ट बनाउन लागेका हौँ।'  

उनका अनुसार जग्गाधनीले राजस्व दाखिला गरेर डाँडा कटानको काम गर्ने छन्। 'यो राष्ट्रिय गौरव आयोजनामा परेको प्रोजेक्ट हो। यसमा राजस्व दाखिला गर्नु त नपर्ने हो। तर हामी सरकारको नियममा बसेर काम गर्न लागेका छौँ।' उनले भने।

वन तथा वातावरण विभागको इजाजत आएपछि डाँडा कटानको काम सुरु गर्ने तिमल्सिनाले बताए। रिठ्ठेपानी डाँडामाथि १४ रोपनी आफ्नै जग्गा रहेको तिमल्सिनाले जानकारी दिए।उनका अनुसार डाँडामा रहेको नेपाल टेलिकमको टावर पनि स्थानान्तरण भइसकेको छ।

तिमिल्सिनाका अनुसार काट्नैपर्ने भागमा २२ जना व्यक्तिको जग्गा रहेको छ।

माटो विमानस्थललाईनै बिक्री गर्ने   

डाँडा कटान भएर निस्कने माटो, ढुंगा लगायतका कच्चा पदार्थ सकेसम्म विमानस्थलकै निर्माण कार्यमा प्रयोग गर्ने योजना रहेको उनले बताए। उनले भने,'बर्षा मौसम सकिएपछि विमानस्थलमा छ लाख घनमिटर परिणामको माटो आवश्यक रहने देखिएको छ। हामी सकेसम्म यहाँबाट निस्किएका माटो विमानस्थल निर्माण प्रयोजनकै लागि विक्री गर्नेछौँ। केहि गरी विमानस्थलमा प्रयोग नभएको खण्डमा अन्य निर्माण कार्यमा प्रयोग गरिनेछ।' 

प्राधिकरणले जहाज/उडान अवतरण गर्न कठिन हुन देखिएपछि अर्घौँचोकबाट दक्षिण भागमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएको हो। प्राधिकरणको प्रविधिक टोलीले विमानस्थलमा जहाज उडान/अवतरण गर्दा चालकलाई मानसिक रुपमा असर पर्ने देखिएको थियो। प्राधिकरणका अनुसार डाँडाको २४.७ मिटर उचाई काट्नुपर्नेछ।