BIZMANDU
www.bizmandu.com

कुन कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने? यसरी बनाउन सकिन्छ शेयर खरिद योजना

२०७६ जेठ २२

कुन कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने? यसरी बनाउन सकिन्छ शेयर खरिद योजना
कुन कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने? यसरी बनाउन सकिन्छ शेयर खरिद योजना


Tata
GBIME
Nepal Life

काठमाडौं। दोस्रो बजार सँधै बढ्ने या घट्ने भन्ने हुँदैन। समय समयमा राजनतिक आर्थिक घटनाक्रमले शेयर बजारलाई प्रभावित पारेको हुन्छ। यसैको आधारमा कम्पनीको बजार मूल्य तलमाथि हुने गरेको पाइन्छ। 

दोस्रो बजारमा धेरैले रुचाएका केही कम्पनीको शेयर मूल्य घट्ने र बढ्ने निश्चित समयमा हुने गरेको देखिन्छ। ती कम्पनीको हरेक वर्ष चैतदेखि बजार मूल्य बढ्न थालेको पाइन्छ। चैतदेखि बढ्न थालेको शेयर बजार असार साउनसम्म बढ्ने गरेको पाइन्छ। यसै अवधिमा शेयर बिक्री गरेर नाफा बुक गर्छन् भने कोही अधिकतम मूल्यमा शेयर खरिद गरेर घाटामा पर्छन्। 

उदाहरणको लागि सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमको बजार मूल्य छ महिना निरन्तरजसो बढेको पाइन्छ। पाँच वर्षको अवधिमा ती छ महिनाहरुमा ५ पटक बजार मूल्य बढेको पाइन्छ।

यस चार्टलाई हेर्ने हो भने पाँच वर्षको अवधिमा पुस, माघ, फागुन, असार र कात्तिक महिनामा शेयर खरिद गरेर चैत, साउन, भदौ, असोज महिनामा बेच्नेले राम्रो नाफा गर्ने देखिन्छ। टेलिकमको शेयर मंसिर, पुस र फागुनमा मूल्य घट्ने गरेको पाइन्छ। टेलिकमको शेयर पुस महिनामा खरिद गरेर असोज महिनामा बिक्री गर्नेले सबैभन्दा धेरै कमाउन सक्छन्। 

(माथिको चार्ट पाँच वर्षको तथ्याङ्कका आधारमा प्रस्तुत गरिएको छ। चार्टको माथिल्लो भागले कति वटा महिना बढेको र कति वटा महिनामा घटेको जानकारी दिन्छ। त्यस्तै तल्लो भागले सम्बन्धित महिनामा शेयर बजार बढेको या घटेको जानकारी प्रदान गर्छ। यसले गर्दा कुन महिना शेयर किन्ने र कुन महिनामा बेच्ने जानकारी लिन सकिन्छ।)

त्यस्तै बाणिज्य बैंकहरुमध्ये नविल बैंकलाई अधिकांस लगानीकर्ताहरुले धेरै रुचाउने गरेको पाइन्छ। नविल बैंकको बजार मूल्य ५ वर्षको अवधिमा ५ वटै चैत र  चार वटा साउनमा बढेको पाइन्छ। नविल बैंकको शेयर प्राय असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा घट्ने गरेको पाइन्छ। नविल बैंकको शेयर मंसिरमा किनेर साउनमा वेच्ने लगानीकर्ताले राम्रो नाफा गर्न सक्छन्। 

एभरेष्ट बैंकको शेयर पनि सबैभन्दा धेरै मंसिर महिनामा घट्ने गरेको पाइन्छ। प्राय बाणिज्य बैंकहरुले असोजदेखि मंसिरसम्ममा वार्षिक साधारणसभा सम्पन्न गर्ने गरेका छन्। साधारसभापछि बोनस शेयर तथा लाभांसले कम्पनीको मूल्यमा करेक्सन आउने गरेको पाइन्छ। यसले गर्दा पनि मंसिर महिनामा बाणिज्य बैंकको शेयर मूल्य घट्ने गरेको पाइन्छ। 

बाणिज्य बैंकको शेयर तेस्रो त्रैमाशिक वित्तीय विवरण आउनु अगाडि र आएपछि बढ्न थाल्छ। यो भनेको चैतदेखि जेठसम्म बाणिज्य बैंकको शेयर मूल्य बढ्ने गर्छ। यस अवधिमा भएको नाफा असारमा बुक गर्न खोज्दा बैंकहरुको शेयर मूल्य घट्ने गरेको पाइन्छ। साथै साउन लागेसँगै चौथौ त्रैमाशिक वित्तीय विवरण सार्वजनिक हुन थाल्छ। 

चौथो त्रैमासिक वित्तीय विवरण हेरेर बैंकहरुले कतिसम्म नाफा दिन सक्छन् भन्ने अनुमान गर्न थाल्छन्। यसै अनुमानका आधारमा कम्पनीको बजार मूल्य बढ्ने गर्छ। यहि वेलामा शेयर बिक्री गरेर बाहिरिनेले राम्रो नाफा गर्न सक्छन्। 

सानिमा बैंक 


सिटिजन बैंक 


बीमा कम्पनी 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै मंसिर महिनामा घट्ने गरेको पाइन्छ। मंसिर महिनामा शेयर खरिद गरेर फागुनमा बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गर्न सक्छन्। 

प्राय बीमा कम्पनीहरुले फागुन/चैत महिनामा वार्षिक साधारणसभा गर्ने गरेका छन्। वार्षिक साधारणसभा गर्नु अगाडि बीमा कम्पनीहरुले लाभांस घोषणा गर्छन्। यसले गर्दा बाणिज्य बैंकको शेयर घटिरहँदा बीमा कम्पनीको शेयर मूल्य बढ्ने गरेको पाइन्छ। 

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्दा एकै पटक बढ्ने र घट्दा एकै पटक घट्ने गरेको पाइन्छ। बीमा कम्पनीहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणले लाभांसको अनुमान गर्न सकिँदैन। एक्चुरी भ्यालुएसन नगरी बीमा कम्पनीहरुले लाभांस घोषणा गर्न सक्दैनन्।
 
बीमा कम्पनीहरुको शेयर मूल्य ५ वटा महिना घट्ने गरेको छ भने बाँकी ७ वटा महिनामा शेयर बजार सुधार हुने गरेको देखिन्छ। विगतका पाँच वटा कात्तिक महिनामा कहिले पनि बीमा कम्पनीको शेयर मूल्य बढ्ने गरेको पाइँदैन। 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी 

एनएलजी इन्स्योरेन्स कम्पनी

शिखर इन्स्योरेन्स 

विकास बैंक 
बाणिज्य बैंकको शेयर बैशाख र साउनमा सबैभन्दा धेरै बढेको पाइन्छ। गएका पाँच वटै बैशाख र साउन महिनामै शेयर बजार बढ्ने गरेको पाइन्छ। बाणिज्य बैक तथा बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएपछि मात्रै विकास बैंकको शेयर बढ्ने गरेको पाइन्छ। 

मुक्तिनाथ विकास बैंकको शेयर सँधै वैशाख र साउनमा बढ्ने गरेको पाइन्छ। साथै प्राय सबै मंसिरमा यस बैंकको शेयर मूल्य घट्ने गरेको पाइन्छ। 

मुक्तिनाथ विकास बैंक 

गण्डकी विकास बैक 

हाइड्रोपावर कम्पनी 
जलविद्युत क्षेत्रका कम्पनीहरुको बजार मूल्य प्राय माघ र साउन भदौ महिनामा सबैभन्दा धेरै घट्ने गरेको छ। यस समयमा शेयर खरिद गरेर राख्नेले राम्रो नाफा आर्जन गर्न सक्छन्। यस क्षेत्रका कम्पनीहरुको बजार मूल्य प्राय फागुन महिनामा सबैभन्दा धेरै बढ्ने गरेको पाइन्छ। विगतका पाँच वटा फागुनमध्ये चार वटा फागुनमा जलविद्युत क्षेत्रका कम्पनीको बजार मूल्य बढ्ने गरेको छ। 

अन्य कम्पनीको जस्तै बैशाख, जेठ, असार महिनामा जलविद्युत क्षेत्रका कम्पनीको बजार मूल्य बढ्ने गरेको पाइन्छ। 

बुटवल पावर कम्पनी 

सानिमा माइ हाइड्रोपावर कम्पनी