BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, ८ प्रतिशतको बृद्धि हासिल गर्ने गरी नीति ल्याउने

२०७६ जेठ १९

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको तयारीको काम सुरु गरेको छ। केन्द्रीय बैंकले यसका लागि सर्वसाधारण तथा सरोकारवालाहरुसँग राय सुझाब माग गरेको छ।

सरकारले गत १५ गते बजेट सार्बजनिक गरेपछि त्यसलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो।

सरकारले आगामी बर्षको आर्थिक बृद्धि दर लक्ष्य साढे ८ प्रतिशत र मूल्य बृद्धि ६ प्रतिशतमा कायम गर्ने राखेको छ। यसलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक औजारहरुको प्रयोग गर्ने छ।

राष्ट्र बैंकले चालु बर्ष ८ प्रतिशतको बृद्धि लक्ष्य हासिल गर्न २० प्रतिशतको ऋण बिस्तार गर्ने लक्ष्य लिएको थियो। राष्ट्र बैंकले सार्वजनिक रुपमा सुझाब मागेसँगै अब विभिन्न प्रदेशमा गएर पनि राय संकलन गर्ने छ।