BIZMANDU
www.bizmandu.com

बजेटको पहिलो महँगी उपहार, प्रदुषण शुल्कले पेट्रोल,डिजल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो

२०७६ जेठ १६


काठमाडौं। बजेटमा प्रदुषण कर बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ प्रदुषण शुल्क लगाउने घोषणा गरेको केही घण्टा नवित्दै निगमले मूल्य बढाएको हो।यसअघि प्रदुषण शुल्क प्रतिलिटर ५० पैसा मात्रै थियो।

Tata
GBIME
Nepal Life

निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो।निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पूर्वाधार कर बढेपछि तेलको मूल्य बढाइएको जानकारी दिए।‘सरकारले प्रदुषण शुल्क बढाएपछि हामीले पनि मूल्य बढाएका हौं’ उनले बिजमाण्डूसँग भने। सरकारले थप एक रुपैयाँ बढाएर सडक निर्माणमा लगाउने घोषणा गरेको छ।

तीन वर्षअघि तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भन्दै पेट्रोल र डिजलमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउन सुरु गरेका थिए। त्यो बेलामा निगमले तत्कालै तेलको मूल्य बढाएको थिएन्। अहिले भने हतारहतार निगमले बजेटमा लगाएको शुल्क भन्दा पचास पैसा बढी मूल्य बढाएको छ।नयाँ मूल्यसँगै पेट्रोल १ सय ११ रुपैयाँ र डिजल तथा मट्टितेल साढे ९८ रुपैयाँ कायम भएको छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अहिलेका अर्थमन्त्री खतिवडा थिए।