BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले घातक रोगको बीमा योजना ल्यायो, ६ किसिमका रोग बिरुद्ध ३ लाखको बीमा गरिदिने

२०७६ जेठ १५


काठमाडौं। सानिमा बैंकले अमेरिकन लाइफ इन्स्योरेन्सको सहकार्यमा बीमा योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्युलाघ हुने बीमा बैंकले गरिदिने  जानकारी दिएको छ।

बैंकका नयाँ तथा पुराना बचतकर्ताहरुकालागि यो बीमा योजना लागू हुने बैंकले जनाएको छ।

बैंकका अनुसार योजना अन्तर्गत नयाँ ग्राहकहरुले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनुपर्ने छ।

पुराना ग्राहकले भने बैंक शाखा वा बैंकको वेबसाइटमा योजनाको आवेदन दिन सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकले हाल देशभर ७८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर तथा ७३ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको छ।