BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको सर्वेक्षणले भन्छ- विकास निकै धिमा गतिमा छ, सडक-पुल निर्माण सुस्त

२०७६ जेठ १३

अर्थमन्त्रीको सर्वेक्षणले भन्छ- विकास निकै धिमा गतिमा छ, सडक-पुल निर्माण सुस्त
अर्थमन्त्रीको सर्वेक्षणले भन्छ- विकास निकै धिमा गतिमा छ, सडक-पुल निर्माण सुस्त

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक बर्षको फागुनसम्ममा सडक सञ्जाल बिस्तार ३१ हजार ३ सय ९३ किलोमिटर पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै कालोपत्रे १४ हजार एक सय दुई (४४.९ प्रतिशत), खण्डस्मिथ ७८८१ २५.१ प्रतिशत)  र कच्ची सडक ९ हजार ४ सय १० किमी (३०.० प्रतिशत) पुगेको बताए। 

आर्थिक बर्ष २०७४/०७५ को अन्त्यसम्म रणनीतिक र स्थानीय सडक संजाल गरि कालोपत्रे १३  हजार ७ सय ७ किमी निर्माण भएका छन्। खण्डस्मिथ ७ हजार २ सय ३१ किमी,कच्ची सडक ९ हजार १ सय ५० गरि ३० हजार ८८ किमी सडक निर्माण भएको थियो।

हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक संजालले जोडिएका छन्। डोल्पाको सदरमुकाम दुनै सडक संजालमा जोडिएसँगै एक मात्रै जिल्ला बाँकी रहेको छ। 

फागुनसम्म ८७ पुल निर्माण भएको छ।  अघिल्लो बर्ष २०७४/०७५ मा ८२ वटा पुल निर्माण भएको थियो। २०७४/०७५ मा स्थानीयस्तरमा निर्माण भएका कुल सडकमध्ये प्रदेश न ३ मा सडकको अंश २५.१ प्रतिशत रहेको छ।

प्रदेश न १ मा २०.१ प्रतिशत,गण्डकी प्रदेशमा १८.५ प्रतिशत,प्रदेश ५ मा १४.५ प्रतिशत, प्रदेश २ मा ९.६ प्रतिशत तथा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको अंश क्रमश ७.९ र ४.७ प्रतिशत रहेको छ। 

स्थानीयस्तरमा निर्माण भएको ६० हजार १ सय ६२ किमी सडकमध्ये कालोपत्रे ग्राभेल र कच्ची सडकको अंश क्रमश ६.५ प्रतिशत, २१.९ प्रतिशत र ७१.६ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ। 

स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्रे सडकको अंश न्युन रहेको छ। सुरक्षित र गुणस्तरीय सडकको पहुँचमा अभिवृद्धि गर्न निर्माण भएका अधिकांश सडकलाई क्रमिक रुपमा स्तरोन्नती गर्नुपर्ने खतिवडाले आर्थिक सर्भेक्षणमा उल्लेख गरेका छन्। 

स्थानीयस्तरमा संचालन गरिने विभिन्न पुर्वाधार विकास तथा कृषि सडक अन्तर्गत जिल्ला सडक मुख्य संजाल, गाउँस्तरीय सडक संजाल र शहरी सडक संजाल गरी हिमाली क्षेत्रमा कुल सडकको १३.७ प्रतिशत पहाडमा ५४ प्रतिशत र तराईमा ३१.६ प्रतिशत सडक रहेको छ।

२०७४/०७५ मा १ सय १९ सडक पुल निर्माण सम्पन्न भएको थियो। यो आर्थिक बर्ष फागुनसम्म विभिन्न जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयबाट २ सडक पुलको निर्माण सम्पन्न भएको छ।

आर्थिक बर्ष २०७५/०७६ को फागुन मसान्तसम्म १०९ झोलुङेपुल निर्माण भएको र हालसम्म ११८ तुईन झोलुगे पुल निर्माणबाट विस्थापन भएका छन्।